काभ्रेपलान्चोक। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाँईले विदुर सापकोटाको खुलेर प्रशंसा गर्नुभएको छ।
मंगलबार काभ्रेको बनेपामा आयोजीत सापकोटाको श्रद्धाञ्जली सभामा आफ्नो मन्तव्य राख्दै हुमागाँईले विद्यार्थी राजनीतिदेखि नै सापकोटा र आफू मिलेर काम गरेका कुरा स्मरण गर्नुभयो।
उहाँले सापकोटा असल चरित्रको, मृदुभाषी र सरल वामपन्थी राजनीतिज्ञ भएको भन्दै प्रसंशासमेत गर्नुभयो। हुमागाँईले आफ्ना असल मित्र सापकोटासँग बोल्नसम्म पनि नपाँउदा दुख लागेको बताउनु भएको छ।
उहाँले भन्नुभयो, ‘म उहाँको अन्तिम बोली सुन्न चाहान्थे, जब सापकोटा बिरामी भएको थाहा पाएँ र भेट्न गएँ, उहाँ बोल्न सक्ने अबस्थामा हुनुहुन्नथ्यो। मलाई उहाँका अन्तिम भनाइ के थियो, सुन्ने इच्छा थियो। उहाँका निर्देशन र सुझावलाई हामिले अनुशरण गर्नु जरुरी थियो। यस कुराबाट बन्चित हुनु पर्दा मलाई सार्है खल्लो लागेको छ।’
हुमागाँईले, काभ्रे जिल्लाको राजनीतिमा फरक दल भए पनि आफुले १७ वर्ष जिल्ला हाँकेको र सापकोटाले एमालेमा रहेर १४ वर्ष जिल्ला चलाउनु भएकोले धेरै पटक राजनीतिक सहकार्य गर्ने मौका मिलेकोले उहाँ आफ्नो अन्तर आत्माबाट कहिले हटन नसक्ने पात्र भएको बताउनुभयो।
दुई महिना अगाडि आफू मातृशोकमा रहेको बेला भेट गर्न आउँदा भएको कुराकानी नै अन्तिम रहेछ भन्दै भावुक हुँदै हसमागाँईले दुःख व्यक्त गर्नुभयो।