काभ्रेपलान्चोक। नेपाली कम्युनिष्ट राजनीतिका अगुवा तथा वामपन्थी नेता विदुर सापकोटाको १३औँ दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
मंगmबार नेकपा (एकीकृत सामाजवादी) काभ्रेको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। स्वर्गीय सापकोटाको परिवारको उपस्थितिमा जिल्ला पार्टी कार्यालय काभ्रेले उहाँको सम्मानमा श्रद्धाञ्जली सभा गरेको हो।
उक्त सभामा काभ्रे जिल्लाका अस्थित्वमा रहेक कम्युनिस्ट पार्टी, नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकको पनि बाक्लो सहभागी थियो।
सभामा उपस्थित शुभचिन्तक सबै सापकोटाको योगदानको उच्च मूल्यांकन स्वरुप तस्वीरमा माल्यार्पण गर्नुका साथै पुष्प गुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका थिए। कार्यक्रममा कसैलाई पनि प्रमुख अतिथि बनाइएको थिएन।
उहाँकी धर्मपत्नी डाक्टर भारती भेटवाल र छोरी विभा सापकोटाले तस्बिरमा माल्यार्पण गरिसके पछि अन्य उपस्थितले क्रमैसँग श्रद्वा सुमन व्यक्त गरेका थिए।
सभामा नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव साबित्रा भूषाल, पुराना वामपन्थी नेता कृष्ण प्रसाद सापकोटा, शिव बहादुर देउजा, नेकपा एसका पोलिटब्युरो सदस्य तथा काभ्रे इन्चार्ज टोक बहादुर वाइवा, पोलिटब्युरो सदस्य, बागमती प्रदेशका पुर्व मन्त्री तथा सांसद लक्ष्मण लम्साल, काभ्रे जिल्ला अध्यक्ष बसुन्धरा हुमागाँईलगायत पदाधिकारीहरुको उपस्थित रहेको थियो।
यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शिव हुमागाँई, नेकपा एमालेका जिल्ला अध्यक्ष राजन भूर्तेल,रास्वपा काभ्रे सभापति प्रविण ढकाल, नेता ताराबहादुर कुँबर, जे एन सापकोटा र अन्य बाम तथा कमन्युष्ट नेताहरु रहनु भएको थिय ।
श्रद्धाञ्जली सभामा स्वर्गीय सापकोटाका समकालीन नेताहरुले उहाँको योगदान र महत्त्वको चर्चा गर्नुभएको थियो।