सुर्खेत। पेशागत महासंघ नेपाल कर्णाली प्रदेश कमिटीको भेला सम्पन्न भएको छ।
फागुन १५ र १६ गते जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा नम्बर २ को सुयाडामा विस्तारित वैठक तथा वृहद पेशागत भेला सम्पन्न भएको गरिएको हो।
पेसागत महासंघ नेपाल कर्णाली प्रदेश समिति अध्यक्ष खमबहादुर थापाको अध्यक्ष्यक्षता एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज कृष्णकुमार विसीको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो।
भेलामा कर्णाली प्रदेश सभा सदस्य एवं समितिका सभापति कल्याणी खड्का र पेशागत महासंघ नेपालका राष्ट्रिय समितिका उपाध्यक्ष किशोर नेपालीको विशेष आतिथ्यता रहेको थियो।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष भिमबहादुर बिष्ट, महासचिव प्रकाश राई, सचिव तिर्थराज जिसी, कमल बहादुर विश्वकर्मा, पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका सदस्य अमृता रावत, दिपा थापा र कृषि तथा पशुपंक्षी पेशाकर्मी एशोशियसन नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर विश्वकर्माको आतिथ्यतामा महासंघको र एकीकृत सरकारी कर्मचारी संगठन नेपालको प्रदेश वैठक सम्पन्न भएको छ।
दैलेख, जाजरकोट ,सुर्खेत ,मुगु,सल्यान र रूकुम पश्चिमबाट पेशागत महासंघमा आवद्द घटक संस्थाका करिव ६० जनाको सहभागितामा भेला सम्पन्न भएको हो।
भेलाबाट एकीकृत सरकारी कर्मचारी संगठन कर्णाली प्रदेश समितिको पुनर्गठन गरेको छ। अध्यक्षमा देवबहादुर बुढा र महासचिवमा वीरेन्द्र मल्ल निर्वाचित हुनुभएको छ।
भेलाले कर्णाली प्रदेशका सबै जिल्लामा एक महिनाभित्र विस्तारित बैठक सम्पन्न गरी घटक संस्थाहरूको गठन तथा पुर्नगठन गर्ने निर्णय गरेको छ। भेलाको व्यवस्थापन जाजरकोट पेशागत महासंघ नेपाल, जिल्ला समिति र छेडागाड नगरपालिकाका कर्मचारीहरुले गुनभएको थियो।
