काठमाडौँ। पुर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतको उडिसा स्थित केआईआईटीमा अध्यानरत नेपाली छात्राको शंकास्पद अवस्थामा मृत्यु भएको भन्दै दुःख व्यक्त गर्नुभएको छ।
खनालले सो घट्नाको छानबिन गरि यथासिघ्र दोषी माथि कार्वाहीकालागी पहल गर्न सरकारसंग माग समेत गर्नुभएको छ। नेता खनालले सामाजिक संजाल फेसबुकमा भारतका थुप्रै शैक्षिक संस्थाहरुमा नेपाली बिद्यार्थी पढ्ने भएपनि उनिहरुमाथि ज्यादती हुने गरेको बताउनुभयो।
उहाँले भारत लगायत विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सम्मान र सुरक्षाको ग्यारेण्टी गर्न सरकारको ध्यानाकर्षण गराउदैं ,नेपाली विद्यार्थीहरुको आत्म सम्मान, सुरक्षा र शैक्षिक उनन्नयनको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग समेत गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेशबुकमा लेख्नुभएको छ,द ‘भारतको उडिसा स्थित किट विश्व विद्यालयको छात्रावासमा वि. टेकमा अध्ययरत नेपालको रुपन्देही घर भएकी छात्रा प्रकृति लम्सालको वडो शंकास्पद अवस्थामा भएको मृत्युको खबरले हामी नेपालीहरु स्तब्ध भएका छौं। यस दुःखद घडीमा उक्त दिबंगत छात्रा प्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र वहाँका शोकसन्तब्ध परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु। उक्त घटना घट्ने बित्तिकै नेपाली विद्यार्थीहरुले उक्त घटनाको छानबिन गर्न माग गरे। विश्व विद्यालय प्रशासनले अटेर गर्न थाले पछि विद्यार्थीहरुले विरोध प्रर्दशन गरे। तर त्यति गर्दैमा छानबिन गर्नु त कता हो कता न्यायको माग गर्ने विद्यार्थीहरु प्रति दमनका हदकण्डा अपनाईयो, होस्टेलबाट निष्कासन गरियो, उनीहरुलाई कुटपिट र हप्कीदप्की समेत गरेर रेल स्टेसन र बस स्टेसनमा लगेर लखेट्न थालियो। त्यो अत्याचार भए पछि निकै ठुलो संख्याका विद्यार्थीहरु नेपाल फर्केका छन्। पछि चर्को विरोध भए पछि त सरकारी तहबाट समेत हस्तक्षेप भएपछि विश्वविद्यालय प्रशासन पछि हट्न बाध्य भएको छ र विद्यार्थीहरुलाई होस्टेलमा फर्काउन बाध्य भएको छ। तर त्यो रहस्यमय हत्याको छानबीन हुन बाँकी नै छ।
हामीलाई थाहा छ, भारतका कतिपय विश्वविद्यालय र होस्टेलहरुमा विभिन्न प्रकारका र्याकिङहरु हुने गर्छन, छात्र छात्राहरुलाई यातना दिने गर्छन, त्यस क्रममा कतिपयले आत्महत्या समेत गरेका छन्। संभवतः यो घटना किट विश्वविद्यालयमा पनि दोहोरिएको हुन सक्छ। यस्तो अवस्थामा नेपाल र भारत दुबै देशका सरकारहरुले पहल र समझदारीमा उक्त घटना र विश्व विद्यालय प्रशासनको ज्यादति समेतको गहिरो अनुसन्धान गरिनुपर्छ, दोषीलाई कडा भन्दा कडा कार्यवाही गर्नुपर्छ, त्यस्ता घटना दोहोरिन नदिन सबै प्रकारका बार बंदेजहरु लगाईनुपर्छ र नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानको ग्यारेण्टी गरिनुपर्छ । त्यसका निम्ति सबै स्तरबाट कुटनीतिक पहल गर्न र नेपाली विद्यार्थीहरुको आत्म सम्मान, सुरक्षा र शैक्षिक उनन्नयनको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु।’