काठमाडौँ। पेसागत महासंघ नेपालको आयोजनामा फाल्गुन २ गते ‘नेपाली विशेषताको समाजवाद र यसका आधारहरू’ विषयमा विचार गोष्ठी सम्पन्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
साथै उक्त कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले लेख्नुभएको ‘कम्युनिष्ट आन्दोलनमा विद्रोह र समाजवादी क्रान्ति’ नामक पुस्तक प्रमुख अतिथि खनालले लोकार्पण गर्नुभयो।
विचार गोष्ठीमा वरिष्ठ अधिबक्ता शंकर सुवेदीले कार्यपत्र पेश गरेको कार्यक्रममा प्रमुख अतिथि झलनाथ खनालले पूँजीवादले जनताको रोजगारी, सामाजिक न्याय प्रदान गर्न सक्तैन।
तसर्थ नेपाली विशेषताको समाजवादी कार्यक्रम पार्टीले अगाडि सारेको बताउदै समाजवादका लागि समाजको विकास क्रम, समाजका वर्गहरुको गहिरोसँग विश्लेषण गरेर समाजवादी क्रान्तिको कार्यदिशा तय गर्न सबै वामपन्थी दलहरूलाई आवहान गर्नुभयो। यतिबेला नेपाली समाजमा विध्यमान दलाल पूँजीवाद र राजनीतिक अन्तरविरोधको पहिचान गरेर सहि नीतिका साथ वामपन्थीहरू एकता बद्व भएर समाजवादी क्रान्तिमा अगाडि बढन आवश्यक रहेको बताउनुभयो। वामपन्थीहरू एकताबद्व नभए बुर्जुवा पूँजीपतिले शासन सत्ता सञ्चालन गर्ने बताउनुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले लेनिनको अगुवाइमा रुसमा अक्टोेबर क्रान्तिको सफलतासँगै समाजवादको दिशामा अगाडि बढाएको क्रान्तिकारी इतिहासलाई नेपालका कम्युनिस्ट पार्टीहरु शिक्षा लिनुपर्ने बताउनु हुँदै कम्युनिस्ट पार्टी लेनिनवादी बनाउन लेनिनबाट सिक्नुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रा.डा. युवराज संग्रौलाले सार्वभौम जनता र पार्टी कार्यकर्ता हुनुपर्नेमा नेपालका बामपंथी दलहरुमा नेतृत्व अभ्यास एकल एक जनामा केन्द्रीत हुन पुगेको छ। र पार्टीहरु क्लब जस्तो हुदा पार्टी भित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको बताउनु हुँदै समाजवादमा जान सार्वजनिक स्वामित्व ,जनसहभागिता र जनताको सहमतिमा मात्रै विकास हुन जरुरी हुने बताउनुभयो।