काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कन्चनपुरद्वारा संगठन सुदृढीकरण अभियान सुरू गरिएको छ।
पार्टी केन्द्रीय सदस्य माधव पन्तका अनुसार क्षेत्र नं. १ र २ को क्षेत्रीय कमिटी वैठक सम्पन्न गरिएको छ। पार्टीका दशौँ राष्ट्रीय महाधिवेसनपछि कन्चनपुर जिल्ला कमिटीले संगठन विस्तार अभियान सुरू गरेको हो।
नयाँ कार्यविभाजनअनुसार कन्चनपुर जिल्लाको इन्चार्जमा लाल बहादुर खड्का, जिल्ला सहइन्चार्जसहित क्षेत्र नं १ को इन्चार्ज वीर बहादुर बुढाथोकी, क्षेत्र नं. २ को इन्चार्ज माधव पन्त र क्षेत्र नं. ३ मा माया पन्त रहेको र पूर्वकेन्द्रीय सदस्य प्रकाश रावलले पोलिट्व्यूरो सदस्यसहित सुदुरपश्चिम सह इन्चार्जको जिम्मेबारी प्राप्त गर्नुभएको छ।
माघ २६ गते कन्चनपुर जिल्ला कमिटीको वैठकले आगामी चैत्र ५ गते जिल्ला अधिवेशनको निति तोकिएकोले फागुन २५ गते भित्र संगठित सदस्यता अध्यावधिक गर्ने, वडा, पालिका र क्षेत्रिय कनिटीका वैठकहरू सम्पन्न गरी अभिलेख जिल्लामा बुझाउने गरी योजना वनाए अनुसार जिल्ला व्यापी कार्यक्रमहरू तय गरेको छ।
सोहीअनुसार माघ ३० गते क्षेत्र नं. १ को बैठक बेलौरीमा र फाल्गुण १ गते क्षेत्र नं. २ को बैठक शुक्लाफाटामा सम्पन्न गरेको छ। क्षेत्रीय कमिटी वैठकहरूले पालिका स्तरीय वैठकहरूको मिति तोकेको छ भने पालिका स्तरीय वैठकवाट वडा कमिटीहरूका बैठकहरू तयगर्ने र पार्टीलाई जनताको बीचमा पुर्याउने निर्णय भएको विषय केन्द्रीय सदस्य एवं क्षेत्र नं. २ का इन्चार्ज माधव पन्तले जानकारी दिनुभएको छ।
इन्चार्ज पन्तकाअनुसार जिल्लाका ९ वटै पालिका र वडाहरूमा संगठन विस्तार गरी जनताका जनजिविकाका सवालहरू उठाउने, स्थानीय सरकारका गतिविधि र जनताका सरोकारका विषयमा पार्टीले दवावमुलक कार्यक्रम गर्ने पार्टीको योजना रहेको छ।
क्षेत्र नम्बर २ को वैठक क्षेत्रीय कमिटी अध्यक्ष कुवेर सिंहको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यतामा बसेको थियो। कार्यक्रममा जिल्ला इन्चार्ज लाल वहादुर खड्का, क्षेत्र नं. १ का इन्चार्ज वीर वहादुर वुढाथोकी, क्षेत्र नं. २ का अध्यक्ष माधव पन्त, प्रदेश कमिटी सदस्यहरू दिल बुहादुर बुढा, गजेन्द्र राना र जिल्ला उपसचिवहरू विष्णा पन्त, जोगी सिंह सोव र देवदत्त जोशीको समेत उपस्थिति रहेको थियो।


-1739461234.jpg)
-1739461235.jpg)
-1739461233.jpg)
-1739461233.jpg)
-1739461234.jpg)
-1739461235.jpg)
-1739461233.jpg)
-1739461233.jpg)