चितवन। चितवनको राप्ती नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी नौ जना नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ।
नेकपा एकीकृत समाजवादी राप्ती वडा नम्बर ४ वडा कमिटीले आयोजना गरेको कार्यक्रममा नौ जना सो पार्टीमा प्रवेश गर्नुभएको हो। वडा कमिटीका अध्यक्ष हरिप्रसाद बर्तौला अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीका केन्द्रीय परिषद् सदस्य तथा राप्तीका मेयर शमशेर लामाले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो।
सन्तोष लोहनी, सचित बर्तौला, अन्जना मोक्तान, शान्ति तितुङ, मनिषा थिङ, राजु दराई, सुरेन्द्र तामाङ (घलान), कृष्णप्रसाद खरेल र कर्णबहादुर रानामगर नेकपा एसमा प्रवेश गर्नुभएको हो।
राप्ती वडा नं २, ४, ५, ६ निवासी उनीहरू एमाले, काँग्रेस, माओवादी र राप्रपा परित्याग गरी नेकपा एसमा प्रवेश गर्नुभएको हो। सो अवसरमा सो पार्टीका नेता तथा मेयर लामाले नेकपा एसमा समाहित हुनुभएको उहाँहरुलाई भूगोल, आवश्यकता र क्षमताको आधारका जिम्मेवारी प्रदान गरिने बताउनुभयो।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश कमिटी सदस्य समिता डल्लाकोटी, नगर इन्चार्ज राजु डल्लाकोटी नगर सचिव सुवास सिलवाललगायतका नेताहरूकको उपस्थिति रहेको थियो।