काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सल्यानको वैठक आज खलंगामा सम्पन्न भएको छ।
वैठकले पार्टी जिल्ला अधिवेशनसहित महत्त्वपूर्ण निर्णय गरेको छ। वैठकले फागुन २८ र २९ गते सदरमुकाम खलंगामा पार्टीको ९औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।
जसका लागि फागुन २० गते जिल्लाका ८३ वटै वडामा एकैदिन प्रतिनिधि छनौट गरिने छ। त्यस्तै वैठकले अधिवेशन सफल बनाउन विभिन्न समितीसमेत निर्माण गरेको छ। जसअनुसार अध्यक्ष रामकुमार खडकी संयोजकसहित केही सदस्य रहेको अधिवेशन मुल व्यवस्थापन र राजनैतिक प्रतिवेदन लेखन समिति, सचिव रमेशकुमार गौतम संयोजकसहित केही सदस्य रहेको प्रतिनिधि व्यवस्थापन र प्रचार समिति, उपसचिव टेकमान वली संयोजक र केही सदस्य रहेको मञ्च व्यवस्थापन अतिथि सत्कार समिति, उपसचिव कल्पना सेजवाल संयोजक र केही सदस्य रहेको आर्थिक समिति र सदस्य रेशम भन्डारी संयोजक र केही सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिती रहेका छन्।
वैठकले पार्टीको सम्पुर्ण ध्यान अधिवेशन केन्द्रीत गर्नाका लागि १० वटै पालिका कमिटीका अधिवेशन तयारी वैठकहरू तय गरेको छ, जिल्ला कमिटीका अध्यक्ष रामकुमार खडकीको अध्यक्षता एंव पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको वैठकमा नेता ज्वालाका साथै, केन्द्रीय सदस्य तथा शिक्षा विभाग उपप्रमुख उदयवहादुर वोहरा, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भद्रसिह बुढा, केन्द्रीय सदस्य तथा रूकुम जिल्ला इन्चार्ज देवी वली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज शारदा परियार, केन्द्रीय सदस्य तथा किसान फाट प्रदेश इन्चार्ज प्रेमा अधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरी केसी, प्रदेश कमिटी सचिवालय सदस्य भोला केसीले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो।
बैठकमा केन्द्रीय लेखा आयोग सदस्य यौवनप्रकाश श्रेष्ठ सहित प्रदेश कमिटी सदस्यहरू अतिथिको रूपमा सहभागी रहनुभएको थियो। बैठकमा जिल्ला इन्चार्ज,सहइन्चार्ज, लेखा आयोग र प्रदेश कमिटीमा जिम्मेवारी पाउनु भएका कमरेडहरूलाई स्वागत तथा वधाई ज्ञापनसमेत गरिएको थियो,जिल्ला कमिटी उपसचिव कल्पना सेजवालको स्वागत मन्तव्य र उपसचिव टेकमान वलीले धन्यवाद ज्ञापन गरेको वैठकको सञ्चालन जिल्ला कमिटी सचिव रमेशकुमार गौतमले गर्नुभएको थियो।