बुटवल। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले काङ्ग्रेस-एमालेको वर्तमान सरकार सत्ताकै लागि मात्रै बनेको टिप्पणी गर्नुभएको छ।
नेकपा (एकीकृत समाजावादी), रुपन्देहीको शनिबार बुटवलमा बसेको जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ता स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने दाबी गर्नुभएको हो।
उहाँले काङ्ग्रेस र एमालेले संविधान संशोधनको कुरा गरेपनि त्यो गर्नका लागि नभई सत्तामा पुग्नका लागि मात्रै गरिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘संविधानको कुरा या त नसोचेर ल्याए, या त झुक्याउन ल्याए। हाम्रो संविधान भयंकर सन्तुलन छ। यो संविधान संशोधन कारूग्रेस र एमालेले चाहेर मात्रै सम्भव नै छैन।’
महासचिव भुसालले संविधान वर्तमान केपि ओली नेतृत्वको सरकार केही पनि काम नगर्नका लागि बनेको बताउनु भयो। ‘एउटा भारतसँग रिसाएको छ, काँग्रेसलाई विआरआईको नाम लिनेवितिकै ज्वरो आएको छ’ उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय राजनीतिले पनि गर्दैनन्, यी दुई दलले केही पनि गर्दैनन्।’
अगुवा कार्यकर्ताहरूसमेत भएको बैठकमा महासचिव भुसालले अब नेकपा एकीकृत समाजवादी पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बताउनुभयो। उहाँले स्थानीय, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरका समस्यालाई आन्दोलनका रुपमा अगाडि बढाएर ८४ को निर्वाचनसम्म स्पष्ट मुद्धा बोक्ने पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनु्भयो।
उहाँले राष्ट्रिय पुजीको विकास गरी सुदृढ मुलुक बनाउनुपर्ने बताउँदै त्यसका लागि अब काँग्रेस एमालेको विकल्पमा आफुहरुको पार्टीले नयाँ कार्यक्रम ल्याएर जनताको विचमा आउने दाबी गनुभयो।
बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य एवं रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले केन्द्रीय कमिटीको सर्कुलका बारेमा जानकारी दिनुभयो। बैठकमा केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, बाबुलाल यादव, उमा काफ्ले, भगवती अधिकारीसहित प्रदेशका जिल्ला र जनवर्गिय संगठनका पदाधिकारीहरुको उपस्थिती थियो।
युवा संघका पूर्व अध्यक्षसहित चार जना समाहित
बैठकमै नेकपा एमाले निकट युवा संघ सिद्धार्थनगरका पूर्व अध्यक्ष प्रकाश भक्त श्रेष्ठ नेकपा एसमा समाहित हुनुभएको छ। यसैगरी नेकपा एमाले क्षेत्र न. १ का पूर्व क्षेत्रिय सदस्य खेलकुद विभाग देवदहका प्रमुख अरुण गहतराज, एमालेका वडा न।. ७ का नेता विवेक श्रेष्ठ र मर्चवारका अनुप यादव पनि शनिबार नै नेकपा एकीकृत समाजवादीमा समाहित हुनु भएको छ। महासचिव भुसालले चारै जनालाई टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभर्एको थियो।
जिल्ला अधिवेशन चैत ९ गते
विस्तारित बैठकले नेकपा एकिकृत समाजवादी रुपन्देहीको जिल्ला अधिवेशन आगामि चैत ९ गते बुटवलमा गर्ने निर्णय गरेको उपाध्यक्ष चिनबहादुर गुरुङले बताउनुभयो। यस्तै बैठकले आगामि माघ मसान्तसम्म सदस्यता नविकरण छुट भएका र नयाँ सदस्यता दिने निर्णय समेत गरिएको उपसचिव टंक पोखरेलले बताउनु भयो। यस्तै अधिवेशनका लागि तयारी समितिहरु समेत गठन गरिएको अर्का उपसचिव मिरा श्रेष्ठले बताउनुभयो।
-1736660306.jpeg)
-1736660306.jpeg)
-1736660304.jpeg)
-1736660304.jpeg)