काभ्रेपलान्चोक। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँधन सहयोग गरेको बताउनु भएको छ।
बुधबार काभ्रेको बनेपामा आयोजित १५ नेवा एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु्भएको हो। उहाँले नेपाल थरि, थरिका जातजाति, भाषाभाषी मिलेर बनेको मुलुक भएकोले विविधतामा एकता हुनु जरुरी रहेको बताउनुभयो।
उहाँकाअनुसार यहाँ सबै जातजाति मिलेर बस्नु र छुट्टाछुट्टै संस्कृत भएकोले नेपाली हुनुको गौरब छ। लोकतन्त्र पछि देशमा विभिन्न जातजाति भाषाभाषी सबैको पहिचानलाई राज्यले समानता प्रदान गरेको छ। नेपाल विश्वमा नै विविधतामा एकता भएको देश हो। नेपालले भन्नूभयो।
राज्य पुनसंरचना पछि नेपालमा सबै जात, धर्म, परम्परा र संस्कृतिले सम्मानित हुन पाउनुपर्ने उहाँको तर्कछ। आफू तराईमा जन्मेकोले तराई मुलको सबै भाषा जानेको तर काठमाडौको नेवारी भाषा सिकाउने गुरु कोही नपाएको उहाँको भनाइ थियो। नेवा संस्कृतिको छुट्टै विशेषता रहेको बताउँदै राज्यले विविधताको संरक्षणका लाग्न अनुरोध गर्नु भएको छ। कुनै पनि परम्परा र संस्कृतिले हामी सबै नेपाली एक हौ भन्ने सन्देश दिने गरेको उहाँको अनुभव छ।
कार्यक्रममा सम्पदा संरक्षण अभियान्ता राजाराम तण्डुकारले नेवास् संस्कृति लगायत नेपाली संस्कृती र ऐतिहासिक संम्पदा संरक्षणमा नेपाली सबै एकजुट हुनु पर्ने समय आएको बताउनुभयो।
यस वर्षको नेवा एकता दिवस ११४५ को नेपाल नेवा राष्ट्रिय संघका काभ्रे अध्यक्ष जगन्नाथ श्रेष्ठ संयोजन गर्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथि माधव नेपाल, अतिथि पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, नेपाल नेवा राष्ट्रिय संघका अध्यक्ष माइला बाबू देउला, वरिष्ठ साहित्यकार मोहन दुवाल रहनु भएको थियो।