काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), गण्डकी प्रदेश कमिटीको आसन्न प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ।
आगामी माघ २६ र २७ गते पोखरा सभा गृहमा आयोजना हुने प्रदेश अधिवेशनको लोगो हालै सार्वजनिक गरिएको पार्टी केन्द्रीय सचिव श्रीनाथ बराले जानकारी दिनुभएको छ।
अधिवेसनको उद्धघाटन पोखरा सभागृहमा गरिने र अधिवेसनको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्ने तयारी रहेको छ।
वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ। मुल आायेजक समितिका अलावा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ। उपसमितिहरुमा अध्यक्ष एवं केन्द्रीय सचिव बरालको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जनपरिचालन उपसमिति, केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति रहेका छन्।
त्यसै गरि केन्द्रीय सदस्य शर्मिला देवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गण्डकी प्रदेश प्रचार विभाग प्रमुख नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कास्की जिल्ला अध्यक्ष खड्ग हमालको संयोजकत्वमा खाना खाजा क्यवस्थापन उपसमिति, केन्द्रीय लेखा आयोगका सदस्य उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उपसमिति, पोखरा महानगर कमिटीका अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, पर्वत जिल्ला अध्यक्ष ठाकुर शर्माको संयोजकत्वमा स्वयंमसेवक परिचालन उपसमिति र कास्की जिल्ला उपाध्यक्ष पूर्ण लामाको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको सचिव बरालको भनाई छ।
त्यस्तै केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा कार्यलय सञ्चालन उपसमिती बनाईएको छ। जसको सदस्यहरूमा पार्टी केन्द्रीय सदस्य शर्मिला पौडेल, प्रेम प्रसाद पौडेल, खड्ग हमाल, मुक्ति पौडेल नवराज सुवेदी र ठाकुर शर्मा रहुन भएको छ। प्रतिनिधि छनौट माघ १६ गते हुनेछ। अधिवेसनलाई भव्य, सभ्य तथा अनुशासित रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु जुटेको र अधिवेसनको तयारी तीव्र पारिएको छ।