भक्तपुर। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन जिल्ला शाखा भक्तपुरले प्रथम भेला सम्पन्न गरेको छ।
शनिबार भक्तपुरमा एक कार्यक्रम गरी नवराज तामाङको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो। यस्तै उपाध्यक्षमा वेद प्रसाद पराजुली, सचिव अर्जुन कार्की ,कोषाध्याक्ष महेन्द्र बुढाथोकी र सहसचिव भिमबहादुर महतरा चयन हुनु भएको छ भने सदस्यहरुमा क्रमश राजेन्द्र चौगुठी ,राज कुमार कार्क, राजेश श्रेष्ठ, विशाल भट्टराई, दिपक दुलाल, दिलिप रञ्जितकार, नवराज श्रेष्ठ, जनक बोहारा, गोकुल खत्री र कुमारी तामाङ रहनुभएको छ।
उक्त भेलाबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेमबहादुर कार्कीले भक्तपुरमा मजदुरलाई संगठित गर्न नसकेकोमा चिन्ता लागेको बताउँदै सुरक्षा श्रमिकहरुलाई एकीकृत गराउन पाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले, श्रमिकहरुले रोजगारदाताबाट पीडीत भइरहँदा संगठनले न्याय दिलाउन सहयोग गर्ने बताउनु भएको थियो। कार्कीले, श्रमिकहरु समस्यामा पर्दा न्याय दिलाउन नसके भक्तपुरमा नटेक्ने बताउदै भुई मान्छेको आबाज उजागर गर्नु संगठनको उदेश्य रहेको धारणा राख्नु भयो।
नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन महासचिव वेद प्रसाद हुमागाँईले भक्तपुरका केही रोजगारी प्रदान गरेका संस्थामा कार्यरत सुरक्षा र सरसफाइको काम गर्ने श्रमिकलाई संगठनमा जोडन सकेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले आफ्नो हक हितका लागि खटेर काम गर्न निर्देशन दिदै नियम विपरीत लागेका रोजगारदाता कम्पनीको विरुद्ध संगठनले लड्ने प्रष्ट पार्नु भयो।
नेपाल आउटसोर्स महासंघका महासचिव पूर्णबहादुर थापाले संचालन गर्नुभएको कार्यक्रममा डिक बहादुर तामाङले स्वागत मन्तव्य राख्नु भयो। यस्तै नेपाल आउटसोर्सका बागमती प्रदेश अध्यक्ष गणेश लामाले मजदुर एकताको जरुरी भएको भन्दै सरकारले निर्धराण गरेको न्युनतम पारिश्रमिक लागू गराउन जोड दिदै संगठनले काम गर्ने बताउनुभयो।