काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले खरिद ऐन र मजदुर कानून खारेज गर्न माग गर्नुभएको छ।
शनिबार आज नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन केन्द्रीय कमिटीले काठमाडौँमा गरेको एक कार्यक्रममा सम्बोधन गर्दै भुसालले खरिद ऐन खारेजीको माग गर्नुभएको हो।
श्रम ऐन अन्तर्गत बनेको कानुनले मजदुरलाई अन्याय पारेको तथ्यलाई स्विकार गर्दै महासचिव भुसालले आउटसोर्ससँग बाझिने कानुन खारेजीको पक्षमा नेकपा (एकीकृत समाजवादी) ले पहल गर्ने बताउनु भएको छ।
मजदुरहरुको मुद्दा उत्पदन, रोजगार,निर्यात र विकाससँग जोडिने हुनाले यो समग्रमा राष्ट्रिय मुद्दा भएको उहाँको धारणा थियो। उहाँले भन्नू,वास्तवमा ७४ को संविधानले राज्य निर्माण गर्न सकेन,राज्यले उचित नेतृत्व पाएन, राम्रोसँग नेतृत्व गर्न नसक्ने कमजोर सरकारले श्रमिकको पक्षमा अभिभावकत्व ग्रहण गर्न सकेको छैन्। अहिलेको नेतृत्वले बिचौलिया, भ्रष्ट र दलाल पूँजीपतिको मात्र संरक्षण गरेको उहाँको आरोप छ।
देशमा राष्ट्रिय पूँजीपतीलाई स्थापित गराउन नसक्दा श्रमिक मर्कामा परिरहने र रोजगार,उत्पादन र निर्यातमा समस्या सिर्जना हुने गरेको छ। राष्ट्रिय पूँजीपती उत्पादन गर्ने र रोजगारी दिने समूह हुन्, तीनले कमाएको नाफाले देश चल्छ। तर, दलाल पूँजीपती र बिचौलीयाले राजस्व पनि नतिर्ने खराब प्रवृतिले प्रसय पाएकोमा चिन्ता ब्यक्त गर्नुभयो।
महासचिव भुसालले नेपालमा गणतन्त्रपछि सामाजिक तथा संस्कृति लफङगाहरुको नेतृत्व मौलाएको र उनीहरुले नै कार्य विभाजन गरी एकलौटी गराउनुका साथै राज्यले श्रमिकको माग पूरा गर्ने सहयोग नगरेको प्रष्ट पार्नुभएको छ।
हाल सडकमा उठेका जनआवाजलाई संविधानले परिकल्पना नगरेको भन्दै नेतृत्व वा सरकारले समग्र विषयमाथिको तथ्यलाई पुरा गर्न नसक्दा विकराल समस्या भएको उहाँको तर्कथियो। गणतन्त्रका मुल नेतृत्वले आफ्नो अस्थित्व गुमाएकाले अब नागरिकले जिम्मेवार र सचेत बन्नुपर्ने बेला आएको छ। भुसालले भन्नुभयो।
एमालेबाट निकालिएका नेता भीम रावलको चिन्ता गर्दै भुसाले दास मानसिकता र प्रश्नगर्ने विरुद्ध जाइलाग्ने नेतृत्वको सिकार भीम रावलले बन्नु परेकोमा दुःख व्यक्त गर्नुभयो।
पार्टीमा भजन गाउने र गुटलाई बलियो बनाउनेको व्यवस्थापन मात्र गरेका छन्,तसर्थ उनीहरु स्खलित हुँदै गएका छन्। हरेक पार्टीमा दोस्रो पुस्ताका नेता कार्यकर्ताले बचेर हिड्न गारो भएको यथार्थलाई सार्वजनिक गर्दै उहाँले भीम रावललाई (एकीकृत समाजवादी) मा आउन अनुरोध पनि गर्नुभएको छ।