पोखरा। नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकीको प्रथम अधिवेसन आगामी माघ २६ र २७ गते पोखरामा हुने भएको छ।
अधिवेसन सम्पन्न गर्न सो पार्टिका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ। अधिवेसन भव्य रुपमा सम्पन्न गर्न मुल आायेजक समितिका अलावा विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका सचिव श्रीनाथ वरालले बताए।
यसरी गठन गरिएका उप समितिहरुमा श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जन परिचालन उप समिति, केन्द्रिय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप समिति, केन्द्रिय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उप समिति रहेका छन्।
त्यसै गरी केन्द्रीय सदस्य शर्मिला देवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, खड्ग हमालको संयोजकत्वमा खाना खाजा क्यवस्थापन उपसमिति, उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उप समिति, मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उप समिति , ठाकुर शर्माको संयोजकत्वमा स्वयंमसेवक परिचालन उप समिति र पूर्ण लामाको संयोजकत्वमा सांस्कृतिक उप समिति गठन गरिएको वरालले जानकारी दिए।
प्रदेश अधिवेसनका लागि ५० जना पार्टि सदस्य वरावर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको र प्रतिनिधि छनौट माघ १६ गते हुने वरालले जानकारी दिए। अधिवेसन पोखरा सभागृहमा हुने र अधिवेसनको उद्धघाटन सो पार्टिका अध्यक्ष माधव कुमार नेपालले गर्ने कार्यक्रम रहेको वरालले बताए। अधिवेसनमा करिव ४५० प्रतिनिधि सहभागि रहने बताईएको छ।
यसअघि सो पार्टिको प्रदेश अधिवेसन पौष १९ र २० गते हुने भनिएको भएपनि माघ ६ गते सो पार्टिका गण्डकी प्रदेशमा रहेका पदाधिकारी, पोलिटव्यूरो सदस्य र केन्द्रिय कमिटीका सदस्यहरुको वैठकले माघ २६ र २७ गते गर्ने गरी मिति संसोधन गरेको सचिव बरालले जानकारी दिए। प्रदेश अधिवेसन सम्पन्न गर्न पार्टिको सिङ्गो प्रदेश कमिटीका साथै विजभिन्न उप समितिहरु जुटेको र अधिवेसनको तयारी तिव्र पारिएको समेत बरालले बताए।
साभारः फेवा पोष्ट खबर