काभ्रेपलान्चोक। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बाढी, पहिरो पीडितलाई अझैँ पनि सरकारले राहतको नाम बेच्ने बाहेक अन्य काम नगरेको आरोप लगाउनुभएको छ।
बुधबार जिल्ला विपत व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आयोजनामा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सिकाई र आगामी कार्ययोजना सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य समेत रहनुभएका लम्सालले सरकार प्रती यस्तो आरोप लगाउनुभएको हो।
उहाँले, ‘अझैसम्म पनि राहतको नाममा होडबाजी चलिरहेको र विपदपछिको व्यवस्थापन र समाधानका निम्ति खासै पहल नभएको भन्दै आक्रोश व्यक्त गर्नु भयो। जुन दलको सरकार बने पनि विपदको समयमा प्रभावकारि भूमिका खेल्न नसक्ने र सबैको प्रवृति उस्तै रहेको लम्सालको धारणा छ। सरकारमा जो बसे पनि पचास रुपैयाँको सामान किन्न प्रशासनिक झन्झट र काम गर्ने शैलीले अफ्ट्यारो पारेको तथ्यप्रति इंकित गर्दै र हरेक विपदहरुमा भ्रष्टाचारको र्याल चुहिने गरेकोमा कटाक्ष गर्नुभएको थियो।
उहाँले भन्नुभयो, ‘सरकारले काभ्रेलाई संकटग्रस्त जिल्ला घोषणा गरेपनि केही पालिकालाई छुटाएको थियो, दबाव र आलोचना पश्चात् संकट घोषणा गर्यो । संघीय सरकार र प्रदेश सरकारले रकम प्रदान गरेको छ। तर, ताला( साँचो लगाएर बस्नुको कारण के हो रुभनी प्रश्न गर्नु भएको छ। उहाँले, विपदको बेला उद्दार सामाग्रीको तयारी गर्नेतिर नलागि हेलिकप्टर ल्याउने होड चलेको र समयमा उद्दार नभएको भनी ब्याङ्ग गर्दै जनप्रतिनिधि तथा सरोेकारवाला पक्षलाई घुमाउरो शैलीमा प्रहार गर्नुभयो।
सांसद लम्सालले ,ञविपदका बेला जसले, जसरी सहयोग गर्नु भयो, त्यसको उच्च सम्मन र प्रशंसा गर्न चाहेको भन्दै बाढी, पहिरोको चार महिना बितिसक्दा र पुसको जाडोमा पनि नागरिकले चार बण्डल जस्तापाता नपाएकोमा दुख ब्यक्त गर्नुभएको हो। यो कार्यशाला तथा गोष्ठिले विकास साझेदारहरुलाई एकठाँउमा ल्याएर कामगर्ने वातावरण बनाउन तयार हुने र सरकारको ध्यानाकर्षण गराउन मद्दत पुग्ने विश्वास राख्दै उक्त छलफलले विपदपछिको सिकाई र आगामी कार्यायोजनामा लाग्न सफल रहोस भनि शुभकामना दिनुभयो।