काठमाडौँ। यहि मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका निम्ति नेकपा (एकीकृत समाजवादी) का तर्फ उम्मेदारी दर्ता गरिएको छ।
आइतबार उम्मेदारी दर्ता गरिएको छ। पार्टीका उपमहासचिव रामकुमार भट्टराईका अनुसार कोशी प्रदेश, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका अध्यक्षमा दिल बहादुर विश्वकर्माको उम्मेदारी परेको छ।
सुनसरीको गढी गापा वडा नम्बर ६ को वडा अध्यक्षका लागि डोमी उरावले उम्मेदारी दर्ता गर्नुभएको छ। उदयपुर जिल्लाको त्रियुगा नपा वडा नम्बर १२ को वडा अध्यक्षका लागि निर्मला चौधरीले उम्मेदारी दर्ता गर्नुभएको छ।
त्यस्तै मधेस प्रदेशको रौतहट जिल्लाको ईशनाथ नपा वडा नम्बर ७ को वडा अध्यक्षका लागि सदरे आलमले उम्मेदारी दिनुभएको छ। गढीमाई नपा वडा नम्बर ८ को वडा अध्यक्षका लागि वजरंगी प्रसाद यादवको उम्मेदारी रहेको छ। धनुषा जिल्लाको धनुषाधाम नपा वडा नम्बर १ को वडा अध्यक्षमा गोपाली साहको उम्मेदारी रहेको छ।
यता वागमती प्रदेशको दोलखा जिल्लाको गौरीशंकर गापा उपाध्यक्ष पदका लागि रविना खड्काले उम्मेदारी दिनुभएको छ। नुवाकोट जिल्ला ककनी गापा वडा नम्बर २ को वडा अध्यक्षका लागि मान बहादुर लामाले उम्मेदारी दिनुभएको छ।
मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि बलराम वल, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षका लागि मिन बहादुर मानन्धर, कीर्तिपुर नपा वडा नं. ४ को वडा अध्यक्षका लागि रीता खड्काले उम्मेदारी दर्ता गर्नुभएको छ।
कर्णाली प्रदेशको दैलेख जिल्ला महावु गापा अध्यक्ष पदका लागि जगत हमाल, दुल्लु नपा वडा नं १३ को वडा अध्यक्षका लागि जगत शाही, जाजरकोट जिल्लाको नलगाड नपा उपप्रमुख पदका उम्मेदवार जमना शाही, कुसे गापा वडा नं. ७ को वडा अध्यक्षका लागि वीर बहादुर सिंह, हुम्ला जिल्लाको सर्केगाड गापा उपाध्यक्ष पदका लागि सौभाग्य शाही, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नपा वडा नं ५ को वडा अध्यक्षका लागि ज्योती, रूकुमपश्चिमको सानीभेरी गापा वडा नं ५ को वडा अध्यक्षका लागि हंशराज पुरीको उम्मेदारी रहेको छ।
सुदुरपस्चिम प्रदेश। बाजुरा जिल्लाको स्वामीकार्तिकखापर गापा उपाध्यक्ष पदका उम्मेदवार जवा शाही, कन्चनपुर जिल्ला, भिमदत्त नपा वडा नम्बर ६ को वडा अध्यक्षका लागि जीतेन्द्र चन्दले उम्मेदारी दिनुभएको छ।