काभ्रेपलान्चोक। गत असाेज ११ र १२ गतेकाे बाढी पहिराेबाट क्षत विक्षत भएको पनौती नगरपालिका वडा नम्वर १२ का नागरिकलाई वैकल्पिक बसाेबासकाे व्यवस्थापन गर्ने विषयमा बहस चलेकाे छ।
बाढीले वडा नम्बर १२ का ४ सय घरधुरी नागरिक घरबार बिहिन भएकाे प्रारम्भिक तथ्यांक रहेको बताईएको छ। उनिहरुका निम्ति एकीकृत र ब्यवस्थित बस्ती निर्माणकाे गर्ने उदेश्यका साथ एक सहयोगी संस्थासँग कुरा भइरहेको नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिनुभयो।
शनिबार कलाँती भूमेडाँडा साना कपसान सहकारी संस्था लिमिटेडले विपदका समयमा आफ्ना पशु- चौपाया गुमाएका कृषकलाई पशुसुरक्षण बापतकाे रकम वितरण कार्यक्रममा बाेल्दै, अध्यक्ष हुमागाँईले काठमाडौ विश्वविद्यालय धुलिखेलकाे प्राविधिक सहयोगमा उक्त महत्त्वकांक्षी योजना अगाडि ल्याउन खाेजिएकाे प्रस्ट्याउनु भयो।
उहाँकाअनुसार सुरक्षित र ब्यवस्थित आवासकाे लागि धेरै क्षेत्रफलकाे जखिममुक्त क्षेत्रलाई छान्न सकिन्छ। नागरिकलाई मर्का नपर्ने गरि पाँच वर्षभित्र डाँडालाई सम्याउने लक्ष्य लिइएको छ।´ पटकपटक आउने जस्तो सुकै विपदका बेला पनि आवास क्षेत्र सुरक्षित हुने तरिकाले निर्माण गर्न सकिने उहाँको भनाई थियो ।
अहिलेकाे बाढी पहिराेलाई पनौती १२ ले अबशरकाे रुपमा सदुपयाेग गर्ने हुमागाँईकाे दावी छ। काभ्रेका बनेपा र धुलिखेल नगरपालिकाले पनौतीबाट लैजाने पानी उपभाेग गरिरहेकाे स्मरण गर्दै,'यहाँका स्थानीयले लाभ प्राप्त गर्ने गरि प्रयाेग गर्नुपर्ने उहाँको तर्क रहेको छ। खानी र पानीले भएको क्षति र त्यसबाट उठने कर वडाकाे पुर्ननिर्माणमा प्रयाेग गर्न दिनु पर्ने माग गर्नु भएको थियो।´
काठमाडौ विश्वविद्यालय ,धुलिखेल अस्पताल र पनौती वडा नम्बर १२ बीच दिर्घकालिन सकारात्मक सम्झौता भएको पनि अध्यक्ष हुमागाँईले खुलासा गर्नु भएको छ। धुलिखेल अस्पतालले १२ नम्बरका १ हजार घरधुरीलाई निशुल्क स्वास्थ बिमा गरिदिने र काठमाडौ विश्वविद्यालयमा प्रत्येक वर्ष २ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढ्ने ब्यवस्थाप गर्ने सहमति लगभग अन्तिम चरणमा पुगेकाे भन्दै यहाँका स्थानीयले नागरिकता र मतदाता नामावली स्थानान्तरण गर्ने क्रम बढेकाेले यस्ता अबशरबाट लाभ लिन बसाइँसराइ कम गर्न अनुराेध गरनु भएको छ। उहाँले , उक्त सेवा,सुविधा १२ नम्बर वडाका बासिन्दाले मात्रै पाउने बताउनुभएको छ।