काठमाडौँ। प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहार विरूद्ध संयुक्त अभियान, नेपालले इजरायली दुतावासलाई ज्ञापनपत्र बुझाउने भएको छ।
कात्तिक २१ गते बसेको बैठकले यहि कात्तिक २६ गते इजरायल दुतावासलाई ज्ञापनपत्र बुझाउन लागिएको संयन्त्रका एक प्रतिनिधि तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमलकुमार खनालले जानकारी दिनुभएको छ।
नेता खनालकाअनुसार प्यालेस्टिाइनीमाथिको इजरायली जनसंहारविरूद्ध रहेका नेपालका राजनीतिक दल, वृह्त नागरिक आन्दोलन, संघ , संस्था र व्यक्तित्वहरू आगामी कात्तिक २६ गते १ बजे शान्तिबाटिका, शंखधर पार्कमा जम्मा भएर कोणसभाको आयोजना गर्नुका साथै इजरायली राजदूतावास लाजिम्पाटमा जुलुससहित ज्ञापनपत्र दिन जाने कार्यक्रम तय गरिएको छ।
त्यस्तै आगामी मंंसिर ८ गते १ बजे माइतीघर मण्डलामा एकत्रित भएर वृहत विरोध प्रदर्शन गर्दै नयाँ वानेश्वरसम्म जाने र त्यहाँ बिरोध सभागर्ने, ज्ञापनपत्र र वृह्त विरोध प्रदर्शनको कार्यक्रमबीचमा इजरायली जनसंहार सम्बन्धमा जनमत सृजनाको उद्देश्यले फोटो तथा भिडियो प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ।
उक्त युद्ध सम्बन्धि जानकार व्यक्तिहरूसँग बसेर यसको स्थान, मिति र विधिबारे टुङ्गो गर्ने, नेपाल सरकारलाई ज्ञापनपत्र दिने, अमेरिकी दूतावासमा ज्ञापनपत्र दिने र नेपालका बिभिन्न शहरी केन्द्रमा पनि बिरोध प्रदर्शन गर्नेबारे संयन्त्रमा सहमति भएको खनालले बताउनुभयो।