कञ्चनपुर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिक मौषम अदलबदल भइरहेको बताउनुभएको छ।
शनिबार कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदी बैजनाथ माध्यामिक विद्यालयको प्राङगणमा नेपाल बुद्धिचाल महासंघ, काठमाण्डौँ स्पोटर््स एकेमेडी र बेदकोट नगरपालिका ८ नम्बर वडाको संयुक्त आयोजनामा शुरु भएको बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै पर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देशको राजनीति पनि मौषम जस्तै भएको बताउनु भएको हो।
‘बिहानको मौषस हे¥यो, घाम लाग्ला जस्तो हुन्छ, पानी पर्ला जस्तो भए चर्को काम लाग्छ, ‘उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक पनि त्यस्तै छ, अब यो होला, भन्यो, त्यो टिक्दैन, अर्को त जाला एक बर्ष भन्यो, जाँदैन, टिक्का कि क्याहो, पाँच बर्ष भन्यो, टिक्दैन, मौषस परिर्वतन जस्तै देशको राजनीतिक परिर्वतन भईरहेको , त्यसको असर देशमा परिरहेको छ।’
अध्यक्ष नेपालले सबैले जनताले चाहे अनुरुप विकास भन्ने भएपनि राजनीतिक अस्थिरताले विकासमा प्रभाव पारेको बताउनु भयो। नेपालले विचार गरेर मात्रै बोल्नुपर्ने, काम गर्नुपर्ने सरकारलाई ईङगित गर्नुभएको हो। नेपालले उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै धार्मिक पर्यटन बृद्धि विकासबाट अर्थतन्त्र बलियो बनाएर सम्बृद्धिमा जोडदिनु भएको छ। उहाँले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि तीनै सकरार गम्भिर हुनुपर्ने बताउनु भयो।