मैनापोखरी। नेकपा (एकीकृत समाजवादी) बैतेश्वर गाउँपालिका कमिटी दोलखाद्वारा वैतेश्वर गाउँपालिकाको समाचारप्रती ध्यानाकर्षण भएको जनाएको छ।
पछिल्ला केही दिनदेखि वैतेश्वर गाउँपालिकासँग सम्बन्धित समाचारह एकपछि अर्को सार्वजनिक भैरहेको भन्दै ध्यानाकर्षण गरेको हो। वैतेश्वर गाउँपालिकामा अनियमितता भएको, गैरकानुनी कामहरु भैरहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशीत भैरहेको र यसले आम जनतामा भ्रम सिर्जना गरिरहेको ध्यानाकर्षण विप्तिमा जनाईएको छ।
नेकपा एकीकृत समाजवादी वैतेश्वर गाउँपालिका कमिटीका अध्यक्ष टहल खड्का र सचीव रविन दहालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, 'आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, जनआन्दोलन २०६२/६३ को सफलतापछि हामीले मुलुकमा गणतन्त्र स्थापना गर्यौ, २००७ सालभन्दा अगाडिदेखि उठेको सविधानसभाको निर्वाचन भयो। नेपाली जनताका सर्वभौम प्रतिनिधिले लेखेको सविधान हाम्रा सामु छ, मुलुक सङ्घीयतामा मात्र गएन स्थानीय तहलाई गाउँगाउँमा सिहदरबारको अवधारणा सहित आफैंमा पूर्णशक्तिशाली सरकारका रूपमा स्थापित गर्यो। यही सविधान अन्तर्गत २ पटक निर्वाचनमार्फत स्थानीय सरकारहरू बने। हाम्रो वैतेश्वर गाउपालिकामा दुवैपटक छवि लामा स्थानीय सरकार प्रमुखको रूपमा निर्वाचित हुनुभएको छ। पछिल्ला दिनमा गाउँपालिकाबारे निरन्तर अनेकन खालका समचारहरू आइरहेका छन। पालिकामा भएका भ्रस्टाचारका विषय र स्वयम अध्यक्षको कार्यशैलीका बारेमा प्रकाशित समाचारहरूमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।'
विज्ञप्तिमा अगाडि भनिएको छ,'नेपालको भ्रष्ट, गैरजिम्मेवार र नैतिकहीन केन्द्रिय राजनीति देखेर आजित, निराश र हैरान भएका नेपाली नागरिकहरू आफ्नो आगनको सरकार पनि भ्रष्ट, गैरजवाफदेही, अपारदर्शी र नैतिकहीन बन्दै जाने हो भने यो व्यवस्था, शासकीय स्वरूप लगायतमाथि पनि गम्भीर प्रश्न उठ्न सक्छ । तसर्थ वैतेश्वर गाउँपालिकाका सन्दर्भमा आएका समाचारहरू केकस्ता हुनरु तिनीहरूको सत्यतथ्य र निष्पक्ष छानबिन गरी यथार्थ कुरा जनताका बीचमा ल्याउन हाम्रो पार्टी जोडदार माग गर्दछ । इमान्दारिता, पारदर्शीता र जवाफदेकिता नै असल शासकका गुण हुन् भन्ने कुरालाई सबैले मनन गरौं।'