काठमाडौँ। अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्लाको वृहत् भेला सम्पन्न भएको छ।
मंगलबार राजधानीको प्रदर्शनिमार्ग स्थित बाल्मिकी क्याम्पसमा उक्त भेला सम्पन्न भएको अनेरास्ववियूका नेता नरेश न्यौपानेले जानकारी दिनुभएको छ।
नेता न्यौपानेकाअनुसार काठमाडौँका सबै क्याम्पसको प्रतिनिधित्व हुने गरी मदन शाहीको अध्यक्षतामा ३१ सदस्यीय अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्ला कमिटी गठन गरिएको छ।
अध्यक्ष : क. मदन शाही (एन आर कलेज)
उपाध्यक्ष : क. विशाल दत्त भट्ट (नेपाल ल)
उपाध्यक्ष : क.अशोक मिश्र (पशुपति बहुमुखी )
उपाध्यक्ष : क. नुर रावल (त्रि-चन्द्र)
सचिब : क. लाल बहादुर खत्री (सरस्वती क्याम्पस)
सह- सचिव : सन्देश थिङ (नेपाल कमर्श)
सह - सचिब : क. पुरन भुल (आर.आर)
सह- सचिब : क. विश्वमित्र माझी (पशुपति क्याम्पस)
कोषाध्यक्ष : क. अरुणा गौतम (पद्मकन्या)