काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी, बागलुङको नवौ बैठक सम्पन्न भएको छ।
जिल्ला कमिटी बागलुङको नवौँ बैठक भाद्र २९ गतेका दिन बागलुङ बजारमा कमिटीका संयोजक पिंगलराज गौतमको अध्यक्षतामा सम्पन्न भएको हो। पार्टीका केन्द्रीय सचिव श्रीनाथ बरालको प्रमुख आतिथ्यता र पार्टीका पूर्वस्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामजीप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त बैठकमा नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्यहरू कमल घिमिरे, होमनाथ सापकोटा, तिलवहादर थापा र सीता शर्मा अतिथिको रूपमा उस्थित हुनुहुन्थ्यो। शालिकराम शर्माले सञ्चालन गरेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ।
बैठकका निर्णयहरु यस प्रकार छ्न:
१. बैठकको प्रारम्भमा नेपालको राजनैतिक तथा सामाजिक परिवर्तनका लागि बलिदान गर्ने ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरियो।
२. बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न लालवहादर थापा, केशर छन्त्याल, भरत परी, जीवन आचार्य, श्याम पन, खगेन्द्र शर्मा र प्रेम थापालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरिएको छ। साथै श्रीप्रसाद शर्मा र भपाल चालिसेलाई कारवाहीका लागि सम्वन्धित कमिटिमा सिफारिश गर्ने निर्णय गरियो।
३. बैठकले पार्टीको पदाधिकारीको खाली पद पुर्ति गर्दै अध्यक्षमा पिंगलराज गौतम, उपाध्यक्षमा वेदप्रसाद शर्मा, सचिवमा शालिकराम शर्मा र उपसचिवमा हरिवहादुर घर्ती मगरलाई मनोनयन गरेको छ। साथै उपसचिवमा वर्तमान उपसचिव चक थापालाई नै निरन्तरता दिने निर्णय गरेको छ।बैठकले पार्टीका पर्व स्थायी कमिटि सदस्य तथा पर्व मन्त्री क.रामजीप्रसाद शर्माको विरामी पनभएकोमा स्वास्थ्य लाभको कामना गरेको छ।
४. यो बैठकले पार्टीको दशौं महाधिवेशनवाट निर्वाचित हनभएकोमा केन्द्रीय सचिव क.श्रीनाथ वरालसहित सम्पर्ण निर्वाचित नेताहरुलाई बधाई दिने निर्णय गर्दछ।
५. हाम्रा निर्णयहरु जानाकारी गराउनका लागि बागलुङ पत्रकार भेटघाट गर्ने निर्णय गरियो।