काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीले दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरूलाई बधाई जापन गरेको छ।
मंगलबार कास्कीको पोखरा स्थित पार्टी कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर पार्टीका केन्द्रीय सचिव श्रीनाथ बराल, पोलिटब्यूरो सदस्यद्वय दिल कुमारी पन्त र धनराज आचार्य, केन्द्रीय सदस्य तुलबहादुर गुरूङ, कृष्ण बहादुर नेपाली, रत्ना कुमारी गुरूङ, सिता पौडेल र शर्मिला पौडेललाई बधाई तथा कार्यकालको शुभकामना दिएको हो।
जिल्ला कमिटी कास्कीका अध्यक्ष खड्क हमालेको अध्यक्षता एवं केन्द्रीय सचिव बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य लेखनाथ शर्मा पोखरेलले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यलाई सम्मान गर्नुभएको थियो।
जिल्ला कमिटी सचिव डिवि राईले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष पूर्ण लामाले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा केन्द्रयि सचिव बरालले नेपाली विशेषताको समाजवादी कार्यक्रम अघि सारिएको बताउनु भएको छ।
उहाँले अगाडि भन्नुभयो,‘जसरी जबजले पाँचौ महाधिवेशनबाट नेपाली कम्युनिष्ट आन्दोलनका निम्ति कोशे ढुङ्गा भयो, त्यसैगरी हामीले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरिएको नेपाली विशेषताको समाजवादी कार्यक्रम पनि कम्युनिष्ट आन्दोलनका निम्ति कोशे ढुङ्गा सावित हुनेछ। पार्टीले अघि सारेको समाजवादी कार्यक्रमलाई जनताको हतमा लैजानका निम्ति पार्टी पंक्ति क्रियाशिल हुनुपर्छ। महाधिवेशनले नीति र नेतृत्व चयन गरेको छ। यसलाई बोकेर हामी जनताको बीचमा जानुपर्छ।’
कार्यक्रममा तुलुबहादुर गुरूङ, लेखनाथ पोखरेल, धनराज आचार्य, दिलकुमारी पन्त, रत्ना कुमारी गुरूङ, प्रदेश कमिटी सदस्यहरू गोपाल गिरी, इश्वरी न्यौपाने, महानगर कमिटी अध्यक्ष मुक्तिनाथ पौडेल, नवराज सुवेदी, एकीकृत ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश अध्यक्ष तिलक बिक, राजन पराजलुी, दानकुमारी बराललगायतले मन्तव्य राख्नु भएको थियो।