काठमाडौँ। नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औँ कार्यकारणी समितिको निर्वाचनमा एकीकृत समाजवादी निकट समाजवादी एन्जिनियर्स एसोसियसनले उम्मेद्वारी दिएको छ।
भाद्र २८ गते शुक्रबार हुने निर्वाचनका निम्ति एकीकृत समाजवादीको भातृ संगठन समाजवादी एन्जिनियर्स एसोसियसनले पार्टीका केन्द्रीय सदस्य ई नन्दलाल बन्जाडेको नेतृत्त्वमा निर्वाचनमा होमिएको हो।
एकीकृत समाजवादीको भातृ संगठन समाजवादी एन्जिनियर्स एसोसियसनले उपाध्यक्षमा ई कृष्णा जिसी, महासचिवमा ई.विरोध रिजाल, उपमहासचिवमा ई. ओम प्रकाश सापकोटा, कोषाध्यक्षमा ई.दीपक बिष्ट, सह(कोषाध्यक्षमा ई.आशिष थपलिया रहेका छन्।
त्यसैगरी सदस्यमा ई. नारायण केसी, ई. नरेश पोख्रेल, ई. प्रविण गौतम, ई.मौसम भण्डारी, ई. दीपक सुवेदी, ई. प्रकाश श्रेष्ठ, ई. दीपक बहादुर बोहरा, ई. ओम प्रकाश अधिकारी, ई. लक्ष्मी कुमार महतो, ई. अशोक कुमार रिमाल र ई. दिवस सिलवाललाई उम्मेदवार बनाएको छ।
समाजवादी इन्जिनियरिङ एसोसियसनका अध्यक्ष लगायत विभिन्न पदमा केन्द्रमा १७ जना र ७ वटै प्रदेशमा विभिन्न संगठन संग सहकार्य गरि विभिन्न पदमा उम्मेद्वारी दिएको छ। नेपालभर कार्यरत इन्जिनियरहरूको हक,हितका सवालमा काम गरी देशको समग्र भौतिक विकासलाई निर्देशित तथा व्यवस्थित गर्ने सवालमा अग्रणी भूमिका खेलेको एसोसिएसनलाई थप प्रभावकारी बनाउन आफ्नो टिमको उम्मेद्वारी रहेको महासचिवका उम्मेदवार बिरोध रिजाल बताउनुहुन्छ।
यस पटक एसोसिएसनको निर्वाचनमा समूहगत हिसाबले छ वटा समूहहरू निर्वाचनमा भिड्दैछन।यस पटक मतदाताले समूह भन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने पक्षमा रहेको अध्यक्षका उम्मेदवार बन्जाडे बताउनुहुन्छ।
प्राय जसो नेतृत्त्वमा रहेको लोकतान्त्रिक समूह आफ्ना विगतका कामहरुले आलोचित बनेको ,एशोसियसनलाई साँघुरो घेरामा राखेको र एशोसियसनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप धेरैको लगाउने गरेको माहासचिवका उम्मेदवार रिजाल दाबि गर्नुहुन्छ।
साभारः समुदाय खबर