काभ्रेपलान्चोक। पाँचखाल वडा नम्बर ६ स्थित श्री जोरपाटी माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिएको छ।
आइतबार एक कार्यक्रमबीच बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज धितालले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री लम्साल हुनुहुन्थ्यो।
बस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्वमन्त्री लम्सालले भन्नुभयो, ‘प्रदेश सरकारको बिद्यालय बस बितरण कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरि हामिले बस ल्याउन सफल भयौँ। विद्यार्थीको सुबिधाका लागि बस किनिएको हुँदा सहिसदुपयोग हुने र बस सेवाको कारणले विद्यार्थिको संख्या बढ्ने अपेक्षा राखेको छु।’
मन्त्री लम्सालले बिधालय राम्रो बनाउन स्थानीय सरकार, जनप्रतिनिधि ,शिक्षक,अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताउदै अब युवा देशमा टिकाउन ब्यबहारिक शिक्षा आबश्यक रहेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो,‘बिद्यालयको परिवर्तन भनेको समाजको परिवर्तन हो।कुनै ठाउँको समाजको सभ्यता त्यहाँ भएको बिद्यालयले देखाउने हुँदा सबै भन्दा पहिला बिधालय राम्रो बनाउनु जरुरी छ।’
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सरोज धितालले बिद्यालय सुधारमा सबैजनाको सहयोग आबश्यक रहेको र आगामी दिनमा बिद्यालयलाई नमूना बनाउने बताउनुभयो साथै बस दीर्घकाल सम्म चल्ने बिश्वास व्यक्त गर्दै अभिभावकलाई निराश नहुन आग्रह गर्नुभयो।
पाँचखाल नगरपालिका उपमेयर सुर्यमाया दनुवारले बस सन्चालनमा आउनु खुशीको कुरा भएको बताउदै यो खुसी निरन्तर हुनको लागि बस राम्रो सङ्ग चल्नुपर्नेमा जोड दिनुभयो।
बस हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय कोईराला, जोरपाटी माविजका प्रअ विष्णु सापकोटा, शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको थियो।