काभ्रेपलान्चोक। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन काभ्रे जिल्ला कमिटीकाे प्रथम भेला सम्पन्न भएको छ। आज काभ्रेको बनेपामा आयाेजित एक समारोह बीच भेला सम्पन्न भएको हो ।
भेलाले बिरेन्द्र राउतकाे अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। रमेश खड्का उपाध्यक्ष , सचिव भिमसेन के. सी. ,काेषाध्यक्ष दलबहादुर कार्की, सदस्यहरुमा शान्ति भारती, सावित्री दाहाल, उद्बव थापा ,राम अधिकारी , गणेश श्रेष्ठ, हरिशंकर कक्षपति , भिमनाथ घिमिरे , धन बहादुर खुलाल , भगवान बस्नेत र पूर्णबहादुर ठाडामगर चयन भएका छन । भेलाले कमिटीको सल्लाहकारमा शिवराम बस्नेतलाई चयन गरेको छ ।
भेलाका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईले श्रमिक र मजदुरहरूको हक र अधिकारका लागि लड्ने नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनलाई पार्टीले सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
भेलामा नेकपा एकीकृत समाजवादी काभ्रेका उपसचिव हरि गाेपाल प्रधानाङ्गले समाजवादी पार्टी श्रमिककाे हितमा काम गर्ने पार्टी भएकोले काम कर्तव्य र अधिकारकाे विषयमा जानकारी गराउने र राज्यसँग के कस्तो सेवा सुविधा लिन सकिन्छ र उक्त कार्यलाई हस्तक्षेप गर्न यो संगठनको जरुरी छ । आगामी दिनमा श्रमिककाे हितमा पार्टीको जिल्ला कमिटीले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लस भेलस्का अतिथी नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम कार्कीले श्रमिकको कानुन बुझेकाे व्यक्तिले श्रमिकको पक्षमा लाग्याे भने रोजगारदातको तर्फबाट पाउने सेवा सुविधा सबै प्राप्त हुन्छ । घर विदा, विरामी विदा र सामाजिक सुरक्षा भत्ता आदिकाे सुविधा पाउन पनि नेपाल सुरक्षा श्रमिक यूनियनले काम गर्दै आएको र श्रमिक मजदुरको पक्षमा पैरवी गर्ने असल संगठन नै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन रहेको बताउनु भयो ।
त्यसैगरी नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका महासचिव वेदप्रसाद हुमागाईले नेपालमा २२ बटा ट्रेड यूनियनहरू छन, याे यूनियन एउटा घटक संगठन हो । तर मालिकले ठेकेदारसँग मिलेर श्रमिकलाई कानुनी रूपमा पाउनुपर्ने सुविधाबाटै बन्चित गरेका छन । त्यस बिरुद्ध यो संगठन निरन्तर लागिरहेको बताउनुभयो ।