काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्न विभिन्न कमिटीहरु गठन गरिएका छन्।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनको अध्यक्ष मण्डल पार्टी सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा १३ सदस्सीय गठन गरिएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्द सत्रले अध्यक्ष मण्डल गठन गरेको हो। अध्यक्ष मण्डलमा डा. वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य रहनुभएको छ।
बन्द सत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहनुभएको तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ। समितिका सदस्यमा डा.गङ्गालाल तुलाधर र डा. विजयकुमार पौडेल रहनुभएको छ।
यसैगरी बन्द सत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ।
अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गर्नुभयो । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्ताबेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।
पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याउने पुराना कम्युनिष्ट नेताहरू सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु शाह, रामऔतार पासवान, हुन्छे बहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शीतल झा, विजयलाल श्रेष्ठलगायतलाई सम्मान गरियो ।
एक हजार आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त महाधिवेशन यही असार २० गतेसम्म सञ्चालन हुने महासचिव डा. घनश्याम भुसालले जानकारी दिनुभयो
त्यस्तै बहस नोट कमिटीमा जगन्नाथ खतिवडाको नेतृत्वमा १४ सदस्सीय कमिटी गठन गरिएको छ भने माइन्यूट कमिटी तीन सदस्सीय चयन गरिएको छ।
प्रमुख खतिवडाका अनुसार महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको छ। पाटी केन्द्रीय सचिवालय सदस्यहरुले डेमो प्रयोग गर्नु भएको प्रमुख खतिवडाको भनाई छ।