काभ्रेपलान्चोक। नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ महाधिवेशनको लागि काभ्रेका २ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट सर्वसम्वत रूपमा टुंगिएको छ। अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १०औँ केन्द्रीय महाधिवेशनका लागि आज जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट सहमतीमा टुंगिएको हो।
जिल्लाको २ वटा निर्वाचन क्षेत्रबाट ३५ जना प्रतिनिधि छनोटका भएका छन्। संघीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ बाट महिला र पुरुष गरी दिपक कुमार गौतम, हरि खड्का, कृष्ण बहादुर तामाङ, टिकालाल तामाङ, दिपक थापा, अमृत केसी महिलाबाट, पासाङ ढोल्मु लामा, यशु लामा, रामदेवी तामाङ, सिता बजागाईँ छनोट भएका छन्।
त्यसैगरी संघीय प्रतिनिधी सभा क्षेत्र नम्वर २ बाट खुल्लामा बसुन्धरा हुमागाई , रघुवर चौ प्रधान, रमेश गौतम ,बिष्णु प्रसाद सापकोटा , भेषराज शाह , रामशरण दुलाल, कृष्ण बहादुर श्रेष्ठ, रामहरी नेपाल, गोकुल गौतम, लक्ष्मण बास्ताकोटी र शक्तेसिङ तामाड, श्याम प्रसाद नेपाल र दलितबाट मनिषा बर्देवा, कल्पना परियार, महिलाबाट कल्पना श्रेष्ठ, मन्जु थापा प्रतिनिधी छनोट भएका छन्।
केन्द्रीय सदस्य स्वत प्रतिनिधी हुन पाउने नीति अनुसार काभ्रेबाट जिल्ला प्रतिनिधिका साथै केन्द्रीय सदस्यहरुबाट कृष्ण प्रसाद सापकोटा, टोक बहादुर वाइवा, लक्ष्मण लम्साल, विदुर सापकोटा, मुकुन्द गौतम र केन्द्रीय अनुशासन अध्यक्ष शिव बहादुर देउजा गरि सात जनाले प्रतिनिधी हुन पाउने छन्। नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ गते देखि राष्ट्रिय सभा गृहमा हुनेछ।