काठमाडौँ। नेकपा (एकीकृत समाजबादी) बागमती प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ।
बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालको अध्यक्षता र पार्टी उपमहासचिव तथा बागमती इन्चार्ज डा.गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकमा पार्टी आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल भएको थियो। गोविन्द नेपाली, विनोद खनाल, नरेन्द्र कद्ङवा, अनिल श्रेष्ठ, नारन कार्की, सूर्य पाख्रिन, भिम दहाललगाएतका नेताहरूले दस्तावेजमाथि आफ्नो धारणा राख्नुभएको थियो।
शुक्रबार काठमाडौँ प्रदेश कमिटीको कार्यालयमा बसेकाे बैठकले काभ्रेबाट चार जनालाई प्रदेश कमिटी सदस्यमा मनाेनीत गरेको छ। प्रदेश कमिटी सदस्य मनाेनीत हुनेमा प्राणनाथ न्यौपाने, राजु नेपाल, सन्तबिर तामाङ, छवि हुमागाई रहनु भएको छ। उहाँहरु पूर्व काभ्रे जिल्ला कमिटी सदस्यकाे जिम्मेवारीमा रहनुका साथै विभिन्न पदमा रहेर भूमिका निर्वाह गरिरहनु भएको थियो।
आज मनाेनीत हुनुभएका प्रदेश कमिटी सदस्यहरुले गर्नु भएका कामकाे मुल्यांकन गर्दै प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरिएको बागमती प्रदेश कमिटी सचिव लक्ष्मण लम्सालले टुकी नेटवर्कलाई जानकारी दिनु भएको छ।
![44e78089-da80-4c61-b8d1-35ca67547844-1717836714.jpeg](https://kalamnews.com.np/uploads/posts/44e78089-da80-4c61-b8d1-35ca67547844-1717836714.jpeg?timestamp=1717836732282)
![05cded55-f34e-40b1-807f-bb0e4c32b83a-1717836682.jpeg](https://kalamnews.com.np/uploads/posts/05cded55-f34e-40b1-807f-bb0e4c32b83a-1717836682.jpeg?timestamp=1717836732282)
![44e78089-da80-4c61-b8d1-35ca67547844-1717836682.jpeg](https://kalamnews.com.np/uploads/posts/44e78089-da80-4c61-b8d1-35ca67547844-1717836682.jpeg?timestamp=1717836732282)
![6358611e-f9d5-4260-9775-6b3bb341ba2f-1717836681.jpeg](https://kalamnews.com.np/uploads/posts/6358611e-f9d5-4260-9775-6b3bb341ba2f-1717836681.jpeg?timestamp=1717836732282)
![c1fb85a0-cb1d-40ce-8264-bfa655762cb1-1717836681.jpeg](https://kalamnews.com.np/uploads/posts/c1fb85a0-cb1d-40ce-8264-bfa655762cb1-1717836681.jpeg?timestamp=1717836732282)