काठमाडौँ। अनेरास्ववियू भक्तपुर जिल्ला कमिटीको विस्तारित बैठक गट्ठाघरमा सम्पन्न भएको छ।
संगठनका केन्द्रीय अध्यक्ष आरती लामाको प्रमुख आतिथ्यता तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भवानी खड्का र पार्टी जिल्ला कमिटी अध्यक्ष श्याम बस्नेतको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले भक्तपुरका सबै क्षेत्र, स्थानीय तह र क्याम्पसहरूमा अनेरास्ववियूलाई व्यवस्थित ढंगले विस्तार गर्ने योजनाका साथ सुनिता घिमिरेको अध्यक्षतामा २१ सदस्यीय कमिटी पुनर्गठन गरेको छ।
नव निर्वाचित जिल्ला कमिटी अध्यक्षमा घिमिरे, उपाध्यक्षमा आदेश बस्नेत, सचिवमा सुशन तामाङ, सहसचीवमा दिव्या न्यौपाने र श्रयन श्रेष्ठ, कोषाध्यक्षमा जेनिशा बस्नेतलाई चयन गरिएकोछ।
सदस्यहरूमा प्रजुन बस्नेत, पुष्पा बस्याल, सुगम श्रेष्ठ, ढकेन्द्र विष्ट, रोहन चगुठी, बसन्ती तोलाङ्गी, सजना प्रसाइँ, मन्दिरा पौडेल, पुरुषोत्तम कार्की, अश्विन फुयाँल सायरी तिमिल्सिना, युनी अधिकारी, अभिमन्यू घिमिरे, ग्रीस कार्की, अनिश बस्याल रहनु भएको छ।
विस्तारित बैठकमा अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्यहरु नरेश न्यौपाने र मिलन राइ, नेताहरु लोककृष्ण दाहाल, सन्तोष महर्जन, लाल बहादुर रोकाया, मनिशा अधिकारी, सरु रिजाल र मनिष सिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।