काठमाडौँ। कृषि श्रमिक किसान संघ नेपालको राष्ट्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ।
यमकुमार खातीको सभापतित्वमा सम्पन्न भेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष कमरेड माधवकुमार नेपालले उद्दघाटन गर्नु भएको थियो।
अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बासकोटा, महासंघका उपध्यक्षहरूज्युहरू महासचिव प्रमेस पोखरेल, सचिवज्युहरू कोषाध्यक्ष दयालक्ष्मी श्रेष्ठ र केन्द्रीय समितीका सदस्हरूको उपस्थिति रहेको थियो।
भेलाले यमकुमार खातीको अध्यक्षतामा ६३ सदस्य कमिटी चयन गरिएको छ। छनोट भएका सदस्यहरूमा कोशी प्रदेशको उदयपुर भुपधोज वस्नेत, भोजपुर लाल बहादुर कार्की, ईलाम शिव वस्नेत, संखुवाशभा इन्द्र कार्की, ओखल्ढुंगा मावर सुनुवार र सन्तोष थापा मगर खोटाङ बज्र कु राइ, झापा मोतीलाल दनुवार, मोरङ चन्द्र ढकाल झापाली, पाचथर देव नारायण वानियाँ, सोलुखुम्वु दिलिप राई, ताप्लेजुङ आईतहाङ तुम्वाहाम्पे चयन भएका हुनु भएको छ।
यस्तै गरी चयन हुनेहरूमा मधेस प्रदेशको पर्साबाट किसोरी कुसुवा र नन्दकिसोर राउत, बारा शम्भु ठाकुर, रौतहट जियालाल यादव, सिराहा वालेशोर यादव, धनुषा रामसेवक महत्व र महोत्तरी रिता भट्टराई चुनिनु भएको छ।
यस्तै गरी बागमती प्रदेशको नुवाकोट पुष्पराज भट्टराई र किष्णलाल चित्रकार, काठमाडौं रत्न महर्जन र गोपी चौलागाई, मकवानपुर हेमनाथ गौतम, काप्रेपलाङ्चोक लक्ष्मण हुमागाई, धादिङ टिकाराम अधिकारी, सिन्धुली लाल ब ठाडा मगर, भक्तपुर गंगा कुमारी सुबेदी, दोलखा देव ब खड्का र रामेछाप हिमाल ग्यापक चुनिनु भएको छ।
यस्तै गरी गण्डकी प्रदेशको कास्की हेमनाथ वराल र उमा थापा, नवल्पुर मोती प्र.वाग्ले, श्याङ्जा ढाल ब केसी, पर्वत अमिक पौडेड, लमजुङ पशुपति खनिया र वाग्लुङ प्रेम थापा रहनु भएको छ।
यस्तै गरी चयन हुनेहरूमा लुम्विनी प्रदेशको बाके भगवती अधिकारी, बर्दिया जगदिस भुसाल, गुल्मी राजेन्द्र सुनार, परासी धनिराम चौधरी, पाल्पा ध्रुवराज भण्डारी, प्युठान मधुशुदन थापा र विनिता थापा र रूपन्देही भेषराज पौडेल रहेका छन्।
यस्तै गरी कर्णाली प्रदेशको जाजरकोट तुल ब राउत, मुगु मनपुरा बुढा र अमनी रोकाय, दैलेख जनक रेग्मी, कालीकोट महेश बुढा, हुम्ला कृष्ण बम, सल्यान प्रेम केसी र सुर्खेत किष्णलाल आचार्य र मिलन बिसी रहनु भएको छ।
यस्तै गरी सुदुरपश्चिमको अछाम दिपक रावल, कन्चन्पुर विर व चौधरी, कैलाली महेश बुढा, बैतडी ऋतु भट्टराई बाजुरा उज्वल राउत र दार्चुला कमलसिह धामी चुनिनु भएको छ। अगामी बैठक असोजको पहिलो हप्तामा कोशी प्रदेशमा गर्ने निणय सहित भेला समापन गरिएको छ।