काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति आजदेखि बजारमा आएको छ ।
लेखक परमानन्द भट्टले लेख्नुुभएको कृतिमा संघर्षको सुरुवात र सांगठनिक नेतृत्व, नेकपा (एमाले) को अःपमतको सरकार, विचार र संगठनमा सुद्धिकरणर सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध, सरकारको नेतृत्वमा रहँदा, नेकपा (एमाले) को नवौ राष्ट्रिय महाधिवेशन, संविधान निर्माण प्रक्रियाअन्तर्राष्ट्रिय सम्बन्ध, विचारधारात्मक नेतृत्व, कार्यशैली, आलोचनाका कोणहरु, पार्टी एकता, विधाजव र पुनर्गठन, बाम–लोकतान्त्रिक गठबन्धन, कम्युनिष्ट आन्दोलनका उपलब्धी र वर्तमान कार्यभार तथा छानिएका केही मन्तव्य तथा लेखरचना छन्।
मंगलबार राजधानीको पर्यटनबोर्डमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादवले कृतिको विमोचन गर्दै मुलुकमा शान्ति प्रक्रिया स्थापना, अहिलेको लोकतान्त्रिक संविधान रक्षाका लागि पूर्व प्रधानमन्त्री नेपालले निर्वाह गरेको भूमिका सदैव नेपालीका लागि स्मरणिय रहने बताउनुुभयो ।
मुलुकको राजनीतिक घटनाक्रमका विभिन्न ऐतिहासिक विषयलाई समेटिएको उक्त पुस्तकले विभिन्न पुस्ताका नागरिकलाई राजनीतिक विकासक्रमको ज्ञान उपलब्ध गराउने विश्वास व्यक्त गर्दै उहाँले मधेशमा जन्मेर सिङ्गो देशलाई बुुझ्न सक्ने सरल, सादगी र इमान्दार नेता नेपाल सच्चा कम्युनिष्ट र समकालीन राजनीतिमा एउटा राजनेताका रुपमा स्थापित हुनुुभएको बताउनुुभयो। अहिलेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएकाले यसको विकल्पमा जान नहुनेमा जोड दिनुुभयो ।
पूर्व राष्ट्रपति डा यादवले नीति तथा कार्ययोजना निर्माण कुशल र दुरदर्शी नेता नेपालसँग विसं २०४६ को जनआन्दोलनपछि आफूले चिनेको र धेरै विषयमा सहकार्य र समन्वय गरेको स्मरण गर्नुुभयो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालले एतिहासका प्रत्येक घटनालाई संग्रह गरी प्रकाशित कृति महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउँदै त्यसलाई अध्ययन गरेर पाठकबाट आउने सुुझावलाई प्रेरणाका रुपमा लिने उल्लेख गर्नुुभयो । उहाँले इतिहासका तथ्यलाई अध्ययन गरी अर्को पुुस्तक पनि प्रकाशन गर्ने तयारीमा रहेको जानकारी दिँदै त्यसले नयाँ पुस्तालाई लाभान्वित गर्ने विचार व्यक्त गर्नुुभयो । रासस