काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव गरिमा शाहले बझाङमा एमाले अतालिएको टिप्पणी गर्नु भएको छ।
बझाङ प्रदेश (क) को उपनिवार्चनलाई लिएर एमालेका केन्द्रीय सदस्य ऐन महरले भ्रामक सूचना जारी गरेको भन्दै सचिव शाहले आपत्ति प्रकट गर्नुभयो।
उहाँले भन्नुभयो,‘बझाङ्मा एकीकृत समाजवादीको लहर बढेको छ। हामीले चुनाव जित्दैछौं। यहि माहोल बिगार्नका निम्ति एमालेका जिम्मेवार नेताहरूले अफवाह फैलाईरहेका छन्।’
सचिव शाहले अगाडि भन्नुभयो, ‘बझाङ्मा एमाले अतालिएको छ। हतास मनस्थितिमा देखिन्छ। एकीकृत समाजवादी एक्लै चुनाव जित्ने ल्याकत राखेर अगाडि बढिरहेको छ। आममतदाता, पार्टी पंक्ति र सर्वसाधारण सबैलाई अनावश्यक भ्रममा नपर्न अनुरोध गर्दछु।’
त्यस्तै बझाङ पार्टी कमिटीले पनि एमालेले भ्रामक हल्ला चलाएर मतदातालाई झुक्याउन खोजेको आरोप लगाएको छ। जिल्ला कमिटी सचिव लक्ष्मी प्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले नेकपा (एकीकृत समाजवादी) को विजय हुने सुनिश्चित देखेपछि हडबढाएर मतदातालाई भ्रमित बनाउन सामाजिक सञ्जालमा लेखेको स्टाटस फट्टा, गलत र आचारसंहिता विपरीत भएको हुँदा हाम्रो पार्टीको ध्यान आर्कषण भएको छ। यसको खण्डनका साथै घोर भर्त्सना गर्दछौं।'
विज्ञप्तिमा अगाडि भनिएको छ,‘आम मतदाताको माया र स्नेहले हामी हर्षित भएको बेला हाम्रा कुनै पनि नेता कार्यकर्तासँग सरोकार नराखी कसैले वार्ता नगरेको बेला मनगढन्ते रूपलाई आधिकारीक पत्र बिना अपवाह भैलाउने कार्य दण्डनिय हो। यसको सम्बन्धित निकायले कारबाही नगरे, समाजमा हुने आगामी घटनाको जिम्मा लिन आग्रह गर्दै हाम्रा नेता कार्यकर्ता र मतदान कटिवद्ध भई चुनावी मैदानमा डटी रहन यो विज्ञीतीमार्फत हार्दिक जानकारी गर्दछौं।’