काठमाडौँ। नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को जातीय घटक संघहरूको गठन प्रक्रिया तीव्र पारिएको छ।
शनिबार नेपाल थामी संघ (समाजवादी) का अध्यक्ष महल थामीको अध्यक्षतामा पार्टी केन्द्रीय सदस्य, इञ्चार्ज तथा अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतित्थ्यतामा संघको पूर्नगठन गरिएको छ।
नेपाल मगर संघ समाजवादी केन्द्रिय महासचिव झबीलाल राहु मगरकाअनुसार नेपाल थामी संघ (समाजवादी) को ७ सदस्य पदाधिकारीसहित १९ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ।
संगठनको अध्यक्षमा महल थामी, वरिष्ठ उपाध्यक्ष भीमबहादुर थामी, महिला उपाध्यक्ष शुक मायाँ थामी (निशु), महासचिव नितेश कुमार थामी, सचिवमा सञ्जीव थामी महिला सचिवमा सुनिता थामी र कोषाध्यक्ष यम मायाँ थामीलाई चयन गरिएको छ। त्यस्तै संगठनको पूर्णताका निम्ति थप १२ जना केन्द्री सदस्यहरू चयन गरिन बाँकी छ।
त्यस्तै नेपाल छन्त्याल संघ (समाजवादी) समेत गठन गरिएको छ। ५ पदाधिकारीसहत १० सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको हो। अध्यक्षमा केशरबहादुर छन्त्याल, उपाध्य करण छन्त्याल, महासचिव सोम बहादुर छन्त्याल, सचिव हरीबहादुर छन्त्याल, सचिव सीता छनत्याललाई चयन गरिएको छ। संगठनको बाँकी ५ जना केन्द्रीय सदस्य पछि चयन गरिने छ।
कार्यक्रममा महासंघका महासचिव चन्द्रबहादुर तामाङ, सचिव तथा नेपाल तमु संघ (समाजवादी) का अध्यक्ष गंगा गुरूङ्ग, युवा संघका अध्यक्ष कृष्ण वि.क.,नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य तथा दोलखा सम्पर्क मञ्चका अध्यक्ष वविकल श्रेष्ठ, नेपाल लिम्बू संघ (समाजवादी) का अध्यक्ष काजीमान पन्धान, अखिलका उपाध्यक्ष लक्ष्मण दाहालको उपस्थिति रहेको थियो।