काठमाडौँ। समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदीले मुलधारको पत्रकारिता जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ।
बुधबार समाजवादी प्रेस संगठन, नेपाल उपत्यका प्रदेश कमिटिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले उक्त कुरा बताउनु भएको हो।
संगठनका निवर्तमान अध्यक्ष सविन शर्माको अध्यक्षता एवं नेकपा (एकीकृत समाजवादी) का पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतित्थ्यतामा सम्पन्न भेलामा अध्यक्ष सुवेदीले भन्नुभयो, ‘मुलधारको पत्रकारिता जिम्मेवार नबन्दा मुलुकले अनेकौं खालका विकृतिहरूलाई झेल्नुपर्ने अवस्था आयो। हुनुपर्ने भन्दा नहुनुपर्ने घटनाहरू ज्यादा भइरहेका छन्। देशले झेलि रहेका विकृतिहरूबाट मुलुकलाई मुक्त गर्नका निम्ति पत्रकारिता जिम्मेवार बन्नुपर्छ।’
उहाँले अगाडि भन्नुभयो, ‘पत्रकारहरू कन्टेनमा जिम्मेवार बन्नुपर्छ। कुन सन्दर्भ र विषय कसरी प्रस्तुत गर्ने भन्नेबारे जिम्मेवार बन्नुपर्छ। समाजवादको आधार तय गर्ने पहिलो सर्त भनेको जिम्मेवार पत्रकारिता हो। त्यसैले पनि हाम्रो संगठनको नारा ‘जिम्मेवार पत्रकार: समाजवादको आधार’ तय गरेका हौं। हाम्रो संगठन श्रमजीवि पत्रकारहरू संगठन हो। पेशागत हकहितका सन्दर्भमा काम गर्ने संगठन हो। नेपाल पत्रकार महासंघमा सहभागिता भएर पत्रकारका हकहितका निम्ति काम गर्ने संगठन हो। यीनै विषयमा रहेर संगठनलाई विस्तार गर्न र संगठनलाई चलायमान बनाउनका निम्ति सबै साथीहरू सक्रिय भएर लाग्न अनुरोध गर्दछु।’
भेलाले आशिष्गुराँगाईको नेतृत्वमा ११ सदस्यीय उपत्यका प्रदेश कमिटी चयन गरेको छ। उक्त भेला तथा पुनर्ताजकी कार्यक्रमा नेकपा एस ललितपुरका उपाध्यक्ष उषा बर्जचार्य, नेकपा एस काठमाण्डौँ जिल्ला कमिटि सचिव धुब्रराज न्यौपाने, नेकपा एमाले प्रचार विभाग सदस्य मोहन वास्तोला, नेपाल पत्रकार महासंघ, काठमाडौँ साखा अध्यक्ष सूर्य सुवेदी, प्रेस सेन्टर काठमाण्डौँ जिल्ला कमिटिका सचिव रमेश लामिछानेलगायतको उपस्थिति थियो।