सल्यान। नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासंघ सल्यानकाे भेला तथा प्रशिक्षण कार्यक्रम खलंगामा सम्पन्न भएकाे छ।
भेलाले प्राध्यापक सुर्यनारायण शर्माकाे अध्यक्षतामा जित प्रसाद आचार्य उपाध्यक्ष,शान्ति केसी महिला उपाध्यक्ष, जिएस नेपाली सचिव लाल वहादुर साहु सहचिव नारायण गिरी काेषाध्यक्ष रहेकाे १७ सदस्यीय पेशागत महासंघ नेपाल सल्यान निर्माण गरेकाे छ।
सुर्यनारायण शर्माकाे अध्यक्षतामा भएकाे भेलामा संगठनका केन्द्रीय सदस्य कविता गाैतम आचार्यले संगठनले खेल्ने भुमिका,संगठनकाे काम कर्तव्य लगाएतका विषयमा,पार्टी स्थानिय तह विभागका केन्द्रीय सदस्य दुर्गा पुनले संगठनकाे महत्व पार्टी जिल्ला कमिटी सचिव रमेशकुमार गाैतमले पार्टी र पेशागत महासंघ विचकाे अन्तरसम्बन्ध लगाएतका विषयमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।
त्यस्तै कार्यक्रममा पार्टी जिल्ला कमिटी उपसचिव टेकवहादुर वली,उपसचिव कल्पना सेजवाल जिल्ला कमिटी सदस्य प्रेम डागी,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश कमिटी अध्यक्ष शिखर यरी प्रदेश सदस्य ज्ञानप्रकाश शर्मा जिल्ला काेषाध्यक्ष सुरेश वुढाथाेकी,एकीकृत सरकारी कर्माचारी संगठन सल्यानका सचिव प्रकाश बुढा, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य कृष्ण सागर वली, जित प्रशाद आचार्य लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।
प्रेस संगठनका कर्णाली प्रदेश सचिव शिव डागीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे संचालन जिएस नेपालीले गर्नुभएकाे थियाे। सोमबार वसेकाे पेशागत महासंघ सल्यानकाे पहिलाे वैठकले जिल्ला भेला भव्य भएकाे निष्कर्ष सहित भेला सफल बनाउन सहयाेग गर्ने सवैलाई धन्यवाद दिने निर्णय गरेकाे छ।