काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट नेपाल रिटर्नी एशोसिएशन समाजवादी, चितवन जिल्ला कमिटी गठन गरिएको छ।
सोमबार संगठनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको विशेष उपस्थिति र चिन्तामनी आचार्यको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
उपाध्यक्षमा सुदिप गिरी,सचिवमा शोभा कान्त पोखरेल, सहसचिवमा शिव कडेंल, कोषाध्यक्षमा विजय लामा र सदस्यहरूमा सन्तोष देउजा, अनिल अधिकारी, प्रमोद गौतम, विश्वास लामा, राजकुमार रुम्बा, विराज देउजा, दिलबहादुर कुमाल सावित्री तमाङ, डिलकुमारि नेपाल रहेका छन् भने बाँकी पछि विस्तार गरिने बताइएको छ।
त्यसैगरी संगठनको ईन्चाज प्रमुख मिना ज्ञावली (नेपाल) समेतको उपस्थिति रहेको थियो। चिन्तामणी आचार्यको नेतृत्वमा १५ सदस्यीय नेपाल रिटर्नी एशोसिएशन समाजवादी गठन गरिएको हो भने उक्त कार्यक्रममा केन्द्रीय सदस्य राजु गिरी, महेश लम्साल , डिलकुमारी नेपाल, चितवन जिल्ला पार्टी ईन्चाज कृष्ण खनाल, पार्टी अध्यक्ष कृष्ण राज न्यौपाने (लब्लि) पार्टी सचिव नरेन्द्र कन्दवा , अनेमा संघ जिल्ला अध्यक्ष पार्वती सिलवाललगाएतको उपस्थित रहेको कार्यक्रममा नेपाल रिटर्नी एशसिएसनका केन्द्रीय अध्यक्ष पौडेलले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।
अध्यक्ष पौडेलले नवगठित कमिटीलाई बधाई दिदै यहाँहरुले संगठन र पार्टीको कार्यमा तदारुकताका साथ लाग्नु हुनेछ भनि विश्वास व्यक्त गर्नु भएको छ। उहाँले जनता र देशको पक्षमा ईमान्दारी पूर्वक लागेर कामगर्ने पार्टी एकीकृत समाजवादी नै भएको हुनाले संगठनको काममा गतिका साथ लाग्न सुझाउनु भएको छ।