काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी उदयपुरको बैठक सम्पन्न भएको छ।
यहि माघ २५ गते जिल्ला कमिटी अध्यक्ष बिनोद कुमार खड्काको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो।
पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, पोलिटब्यूरो सदस्य राममणी पोखरेल, केन्द्रीय सदस्यहरू दुर्गा परियार, केदार राई, सुनिता चौधरी, केन्द्रीय अनुशासन आयोग सदस्य राजकुमार राइ, केन्द्रीय परिषद श्रीबहादुर खड्का, कौशल चेम्जोङ, बोध कुमार घिमिरे लगायतका केन्द्रीय नेताहरूको उपस्थिति थियो।
त्यस्तै कोशी प्रदेश कमिटी सदस्यहरु पुस्प बिक, विक्रमी महतो चौधरी, कर्णकुमार श्रेष्ठ, शैलेन्द्र खतिवडा, चुडामणी पोखरल, राधा खड्का, सावित्रा थापा र पेशागत तथा जनवर्गीय संगठनका अध्यक्षहरूको उपस्थिति थियो।
बैठकमा आगामी रास्ट्रीय महाधिवेशन केन्द्रीत २ महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे छलफल गरी विभिन्न निर्णय भएका छन्।
पहिलो सदस्यता बिस्तार, बितरण, ननिकरण, पालिका कमिटी, वडा कमिटी, टोल कमिटी, पेशागत कमिटी र जनवर्गीय कमिटी अध्यावधि, गठन तथा पुनर्गठन गर्ने (सबै पालिकामा पालिका स्तरीय प्रशिक्षण गर्ने र एक जिल्ला स्तरीय प्रशिक्षण गर्ने) जिल्ला कमिटी तथा माथिका कमिटीका नेताहरुलाइ आफ्नो भुगोलमा जिम्मेवार दिने गरि निर्णय भएकोछ।
![FB_IMG_1707409904115-(1)-1707637804.jpg](https://kalamnews.com.np/uploads/posts/FB_IMG_1707409904115-(1)-1707637804.jpg?timestamp=1707637809182)
![FB_IMG_1707410392182-(1)-1707637804.jpg](https://kalamnews.com.np/uploads/posts/FB_IMG_1707410392182-(1)-1707637804.jpg?timestamp=1707637809182)
![FB_IMG_1707409904115-(1)-1707637804.jpg](https://kalamnews.com.np/uploads/posts/FB_IMG_1707409904115-(1)-1707637804.jpg?timestamp=1707637938176)