काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य दामोदर अर्यालले प्रतिपक्ष दलका नेताले सत्तामा भाग खोज्ने कुरा अनैतिक र अराजनीतिक कार्य भएको टिप्पणी गर्नु भएको छ।
रे टेलिभिजनमार्फत प्रसारण हुने ‘रे सम्वाद’ कार्यक्रमका प्रस्तोता महेश पौडेले राष्ट्रियसभा निर्वाचनमा एमाले पार्टीले भाग लिन खोजिरहेको थियो, यसलाई कसरी हेर्नु भएको छ नि? भनेर सोधिएको प्रश्नको जवाफमा नेता अर्यालले उक्त टिप्पणी गर्नु भएको हो।
नेता अर्याले भन्नुभएको छ, ‘संसदमा सत्ता पक्ष र विपक्षी दल हुन्छ। विपक्षी दलको नेता भनेको संवैधानिक पद हो। त्यो पदमा रहेको दल वा नेताले सत्तापक्षसँग भाग माग्नु नैतिकहिन कार्य हो। अराजनीतिक काम हो। अर्को कुरा संसारमा कुनै पनि विपक्षी दलले सत्तासँग भागेदारी माग्दैन। त्यो घृणित कार्य हो। विपक्षले गर्ने भनेको सत्ता चेन्ज हो। प्रतिपक्ष भनेको पर्खिरहेको सरकार हो। एमालेको आजको धर्म भनेको सत्ता परिवर्तन गर्ने हो। तर, सत्तासँग हात पसारेर भाग माग्ने कुरा लोकतन्त्रमा हुँदैन।’
नेता अर्यालले अगाडि भन्नुभएको छ, ‘प्रतिपक्षको काम भनेको सरकारले ल्याएका विद्येयकहरू वेठिक छन् भने आलोचना गर्ने हो। विरोध गर्ने हो। जनता र संविधानले नै प्रतिपक्षलाई यो भूमिकामा राखेको छ। यसका विरूद्ध सत्तापक्ष, विपक्ष, अन्य मिलेर यति तँ खा, यति म खान्छु भनेर भन्नु भनेको लोकतन्त्रका विरूद्ध हुन्छ। यो सुहाउने कुरा होइन।’
साथै नेता अर्यालले नेकपा (एकीकृत समाजवादी) कमजोर बन्यो र विभाजनको संघारमा पुग्यो भनेर अर्नगल प्रचार गरिएको स्पष्ट पार्नु भएको छ।
भिडियो हेर्नुहोस्
नेकपा एस सघारमा पुग्यो भन्ने कुरा निराधार हो । हामी समाजवादी धारमा छौ । (youtube.com)