काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को ३२औं सम्मेलनबाट निर्वाचित नेताहरूलाई बधाई जापन गर्नु भएको छ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा पार्टीका तर्फबाट संगठनको कोषाध्यक्ष र सञ्चालक सदस्यमा विजय भएका नेताहरू क्रमशः दिपक थापा, नवराज अर्याल र वीरबहादुर रावत भोटेलाई बधाई तथा कार्याकालको शुभकामना दिनु भएको हो।
अध्यक्ष नेपालले नेफ्स्कूनको निर्वाचनमा भएका गतिविधिबारे जानकारी लिनु भएको थियो। साथै अध्यक्ष नेपालले विजयी नेताहरूलाई पार्टीको प्रतिष्ठा उचो बनाउने गरी काम गर्न निर्देशन दिनु भएको छ। उहाँले निर्वाचनमा सतप्रतिशत जित हासिल गरेकोमा खुशी व्यक्त गर्दै कार्यकाल सफल रहने विश्वास व्यक्त गर्नु भयो।
भेटका क्रममा अध्यक्ष नेपालले सहकारी क्षेत्रका समस्या समाधानका उपाय र सम्भावनाहरूको खोजी गर्दै सोको लागि राज्यले गर्नुपर्ने भूमिकालगायत नीतिगत उल्झनहरूको समाधानमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउन सुझाव दिनुभयो।
सहकारीमा देखिएका समस्या समाधानका लागि पार्टीले आवश्यक भूमिका निर्वाहगर्ने जानकारीसमेत दिनुभयो। साथै सहकारी संगठनले गरेको कामको उच्च मुल्याङ्कन भएको भन्दै प्रशंसा गर्नुभयो। आगामी दिनमा सहकारी क्षेत्रको प्रवद्र्धन, विकाश र सवलीकरणका लागि संगठनले महत्वपूर्ण भूमिका निर्वाहगर्ने अपेक्षासमेत व्यक्त गर्नुभयो।
देशभरका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को ३२औं साधारणसभा तथा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले सतप्रतिशत जित हासिल गरेको हो।
नेफ्स्कूनको यही पुस ७ र ८ गते काठमाडौँमा सम्पन्न ३२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट निर्वाचित अर्याल समाजवादी सहकारी संगठनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने भोटे सुर्खेत जिल्ला कमिटीको सचिव हुनुहुन्छ। कोषाध्यक्ष थापा पार्टीको नेता हुनुहुन्छ।
तस्बिर:धनराज वास्तविक