दोलखा। नेकपा (एकीकृत समाजवादी) , दोलखाको १०औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनले भिम प्रसाद दाहालको अध्यक्षतामा ९१ सदस्सीय जिल्ला कमिटी चयन गरेको हो। कमिटीको उपाध्यक्षमा अशोककुमार दाहाल र संगिता पाख्रीनलाई चयन गरेको छ। त्यस्तै सचिवमा मोहन थापा, उपसचिवमा प्रकाश कुमार केसी, बैकुण्ठ भण्डारी, ताम प्रसाद आपागाईँलाई निर्वाचित गरेको छ।
दोलखा अध्यक्ष भीम प्रसाद दाहालको अध्यक्षतामा (मंसिर ३० र पौष एक गते) दुई दिनसम्म चलेको अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले गर्नु भएको थियो।
समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य नविन खतिवडाकाअनुसार उद्घाटन समारोहमा पार्टीका केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, पोलिट्व्युरो सदस्य शिवप्रसाद भण्डारी, केन्द्रीय सदस्यहरू गोपाल न्यौपाने, महेन्द्रबहादुर कार्कीलगायतका नेताहरूको सहभागिता रहेको थियो।
त्यस्तै प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवं बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले, काङ्ग्रेस महासमिति सदस्य केशव चौलागाईँलगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो।
तस्बिर: नविन खतिवडा