काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको १५ सदस्यीय टोली मंगलबार चीन प्रस्थान गरेको छ।
चीनियाँं कम्युनिष्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसँगै वहाँकी पत्नी गायत्री आचार्य, पार्टी उपाध्यक्ष तथा कृषि तथा पशुपक्षी विकास मन्त्री बदुराम भुसालसहितको टोली एमयु ९६१८ चिनिँया विमानबाट ५ बजे चीन प्रस्थान गरेको हो।
अध्यक्ष नेपाल नेतृत्वको टोलीले युनानमा चिनीयाँ कम्युनिष्ट पार्टी शीर्ष नेतृत्वसँग भेटघाट गर्ने छ । साथै युनानमा आयोजित कृषि विकाससम्बन्धी बैठकमा सहभागि हुनेछ। भ्रमण टोली युनानमा आयोजित सेयरिङ द एचिभमेन्ट अफ बेल्ट एण्ड रोड फोरम सम्बन्धी दक्षिण र दक्षिण एसियाली पार्टी प्रतिनिधिहरूको छलफल कार्यक्रममा सहभागी हुनेछ। छलफल कार्यक्रममा अध्यक्ष नेपालले सम्बोधन गर्नुहुनेछ।
भ्रमण टोलीमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्व सासद हर्कबहादुर सिह, पोलिटब्युरो सदस्यहरू गणेश बिक र सुधीर साह, केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य विद्या चाम्लिङ राई, केन्द्रीय सदस्यहरू विष्णु लम्साल, मोहन गौतम, लोकबहादुर हमाल, अब्दुल हुसेन खाँ, शर्मिलाकुमारी पौडेल, मेयर समसेर लामा, वडाअध्यक्ष विष्णुकुमार महतो र पत्रकार प्रकाश ढकाल रहनु भएको छ। भ्रमण टोली कार्तिक २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
कार्यवाहक अध्यक्ष हमाललाई
पार्टी अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कार्यवाहक अध्यक्ष उपाध्यक्ष प्रमेश हमाललाई तोक्नु भएको भएको । आजै त्रिभुवन विमानस्थालमा अध्यक्ष नेपालले हमाललाई कार्यवाहकको जिम्मेवारी पत्र हस्तान्तरण गनुभएको छ ।