पोखरा, बैशाख २६
सत्ता गठबन्धनबाट पोखरा महागरका उम्मेदवारले ६ महिनामा आहा पोखरा भन्ने अनुभूति दिलाउँने प्रतिवध्दता जनाएका छन् ।
सोमबार पोखरा २७ मा भएको चुनावी सभामा गठबन्धनका उम्मेदवारले ‘परिवर्तनको अनुभूति चाडै दिन्छौं, ६ महिनाभित्रै आहा पोखरा भन्ने अनुभूति दिलाउने प्रतिवध्दता जनाएका हुन् ।
कार्यकाल सकिँदा पोखरा आधुनिक अन्तर्राष्ट्रिय सहर बन्नेछ ।’ उनिहरुले भनेका छन् । विदेशमा रहेका नागरिकलाई देश फर्किन आग्रह गर्दै साधन, स्रोत र अनेक सम्भावना रहेकाले पोखरामा रोजगारीका अनेक अवसर सिर्जना गर्न सकिने पोखरा महानगर मेयरका उम्मेदवार धनराज आचार्यले बताउनु भयो ।
त्यहाँ आर्जन गरेको ज्ञान, सीप लिएर फर्किनुस्, हामी रोजगारी दिन्छौं ।’ उहाँले भन्नुभयो ।
उहाँले देशकै ठूलो पोखरा महानगर प्रवेश गर्नेबित्तिकै फरक अनुभूति दिने खालका संरचना बनाउने प्रतिवद्धता जनाउनु भयो ।
अहिलेको पोखरा महानगरका जनप्रतिनिधिले सिंहदरबारको अधिकार गाउँमा आएको आभास दिलाउन नसकेको भन्दै ‘अहिलेको नेतृत्वले लक्ष्य अनुरुपको सेवा नदिएको गुनासो छ ।
आचार्यले गठबन्धनको नेतृत्व आएमा वडा र महानगरबाट हुने सबै काम सिस्टमबाट हुने व्यवस्था मिलाउने बताए ।
पोखराभित्र तीन खालका पोखरेली मनोविज्ञान रहेको उल्लेख गर्दै सबैलाई सँगसँग हिँडाउने प्रतिवद्धता जनाउनु भयो । आचार्यले भने, ‘पोखराभित्रै तीन पोखरा छन् ।
पुरानो पोखरा उपमहानगर, पछि थपिएको लेखनाथ नगर र पछि थपिएका वडाहरु । ग्रामीण वडामा पूर्वाधार र मुख्य बजार क्षेत्रमा आवश्यक संरचना बनाएर सबै क्षेत्रको समुचित विकास गर्ने छौं ।
नेपाली कांग्रेसबाट गठबन्धनकी साझा उपमेयर कोपिला रानाभाटले घोषणापत्रका अघि सारिएका एजेन्डाहरु कार्यान्वयन गर्दै समृद्ध महानगर बनाउने प्रतिवद्धता गर्नुभयो । उहाँले टोल टोलमा उत्पादन बढाउन आमा समूहहरुलाई उत्पादनका लागि बिउँपुजी दिने प्रवितद्धता जनाउनु भयो ।
महानगरमा पछि परेका वडाको विकासमा गठबन्धनले विशेष ध्यान दिने भन्दै ‘हामीलाई महानगरमा थपिएका वडाहरु ओझेलमा परेको अनुभव भएको छ । यस्तो अनुभूति हटाएर यहाँका बासिन्दालाई महानगरबासी भएको अनुभव गठबन्धनले दिलाउनेछ ।’