काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपुर काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको मञ्चको तेह्रौं सम्मेलनले आशिष बलको अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
दशैं, तिहार, छठ लगायतका पर्वहरूका अवसरमा शुभकामना आदान प्रदान सहित आयोजित कार्यक्रममा एकीकृत समाजवादीमा आवद्ध काठमाडौंमा बस्ने मकवानपुरेहरुको उपस्थिति थियो ।
सम्मेलनले उपाध्यक्षमा दाना लामा र कुमार गहते, सचिव विष्णु रिजाल, उपसचिव निरंजन कार्की र कुमार मोक्तान, कोषाध्यक्ष राजु थिङ तथा सदस्यहरुमा बालकुमार स्याङ्तान, सुनिता थिङ, मंगलमान बल, पदमराज बल, शुशिल बल, वुद्ध पाख्रिन, धनबहादुर गोले, रेशमबहादुर बल, गणेश मोक्तान, राम स्याङतान, रामकुमार बम्जन, विशाल गोले, सुरेन्द्र वाइबा, रामकृष्ण स्याङ्तान, जिनेश बल र मनिश तामाङ रहनुभएको छ ।
सम्मेलनपछि तत्काल बैठक बसी क्षेत्रगत सम्पर्क मञ्च विस्तार सहित पालिका तहमा समेत संगठन फैलाउने सम्पर्क मञ्चलाई मकवानपुरेहरुको भरलाग्दो सारथी बनाउने नवनिर्वाचित अध्यक्ष बलले प्रतिवद्धता जनाउनु भयो ।
सम्मेलनमा प्रमुख अतिथिका रुपमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव, पूर्वमन्त्री एवं बागमती इन्चार्ज डा. गंगालाल तुलाधर रहनुभएको थियो भने विशेष अतिथि पार्टी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विरोध खतिवडा रहनुभएको थियो ।
कार्यक्रममा पार्टी नेतृ तथा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिना, संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य राजाराम स्याङ्तान, केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा अतिथिका रुपमा केन्द्रीय सम्पर्क कमिटीका अध्यक्ष वीरवलकाजी राई, केन्द्रीय परिषद सदस्य गौतमवुद्ध लामा, केन्द्रीय प्रचार विभाग सदस्य सन्तराम विडारी, सम्पर्क कमिटी सदस्य नवराज वस्ती, मकवानपुर जिल्ला कमिटी उपसचिव किरणमान बल, जिल्ला सचिवालय सदस्य कुन्साङ लामा, राजेश पाख्रिन, थाहा नगरपालिका १२ का कार्यपालिका सदस्य युवराज जिम्बा लगायतको उपस्थिति रहेको थियो ।
सहभागी वक्ताहरूले पार्टी संगठन सुदृढ गरेर अघि बढ्नुपर्ने र त्यसका लागि काठमाडौंमा रहेका मकवानपुरेहरुको विशेष एकता हुनुपर्ने बारेमा चर्चा गर्नुभएको थियो ।
संयोजक आशिष बलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विष्णु रिजालले गर्नुभएको थियो भने स्वागत मन्तव्य निरंजन कार्कीले गर्नुभएको थियो ।