काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा.विजयले रोजगारी समाजवादको पहिलो आधार भएको बताउनु भएको छ।
यहि असोज १४ गते कोशी प्रदेशको झापाको काँकरभिट्टादेखि सुरू भएको समाजवादी जागरण अभियानको १५औं दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उपमहासचिव पौडेले उक्त कुरा बताउनु भएको हो।
उहाँले भन्नुभयो,‘समाजवादको पहिलो आधार रोजगारी हो। हामीले हाम्रो अभियानको पहिलो एजेण्डाका रुपमा रोजगारीलाई राखेका छौं। यो चुनावी नारा होइन। यो कसरी सकिन्छ ? उद्योग स्थापना ढिलोको कुरा हो। सबैभन्दा पहिले कृषि क्षेत्रलाई प्रमुखताका साथ लिनुपर्छ। कृषि उपज उत्पानहरूको विक्रि वितरण हुनुपर्छ। त्यसले रोजगारी सिर्जना गर्छ। भौतिक, पर्यटन, उर्जाका उद्योगहरू स्थापना गर्नुपर्छ।'
उपमहासचिव पौडेलले भन्नुभयो, ‘हामीले दोस्रोमा सुशासनको मुद्धा उठाएका छौं। देशमा भ्रष्टचार व्याप्त छ। यसको अन्त्य आजको आवश्यकता हो। त्यसैगरी समृद्धि र समाजवाद हाम्रो अर्को दिर्घकालिन लक्ष्यसहितको एजेण्डा हो।’
शनिबार सुदुरपश्चिम प्रदेशका लागि तय गरिएका कार्यक्रमहरू भव्यताका सम्पन्न गर्दै अभियान कर्णाली प्रदेश प्रवेश गरेको हो। दिउँसो दुई बजेका लाग तय गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपाल। उपाध्यक्ष जयन्ती राई, महासचिव घनश्याम भुसाल, उपमहासचिव पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्री लगायतका केन्द्रीय नेताहरूले सम्बोधन गर्नुहुनेछ।