काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) धनुषा काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन सम्पन्न भएको छ । शनिवार सम्पर्क विशेष प्रदेश कमिटीको कार्यालयको सभाहलमा सम्पन्न सम्मेलनले सर्वसम्मत रुपमा अध्यक्ष शिवनाथ महतोलाई चयन गरेको छ । कमिटीका उपाध्यक्षहरु जीवन स्याङ्गतान, रोशन साह, सचिव श्री देव ठाकुर, उपसचिव राजेश साह,कोषाध्यक्ष निरु प्रशान्त साह सदस्य किशन साह रहेको जिल्ला सम्पर्क मञ्च निर्वाचित गरेको छ।
१३ औं सम्मेलनसबाट सर्वसम्मत निर्वाचित धनुषा काठमाडौं सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्य कमरेडहरूलाई प्रमुख अतिथि श्री प्रसाद साहले शपथ ग्रहण गराउनु भएको थियो भने विशेष अतिथि चमिना भट्टराईले अविर टीका लगाएर बधाई दिनु भएको थियो।
सम्मेलनको प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य श्रीप्रसाद साह, विशेष अतिथि केन्द्रीय कमिटी सदस्य एवं मधेश प्रदेश सम्पर्क कमिटीका इन्चार्ज चमिना भट्टराई अन्य अतिथिहरुमा सम्पर्क विशेष प्रदेश कमिटीका सदस्य मनोज कुमार थापा, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष बेदनाथ कोइराला, आर्थिक विभाग प्रमुख शत्रुधन प्रसाद चौधरी, केन्द्रीय सहकारी विभागका सदस्य राजन कुमार श्रेष्ठ, नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रविण पौडेल हुनुहुन्थ्यो।
सम्मेलनमा प्रमुख अतिथि श्रीप्रसाद साह, विशेष अतिथि चमिना भट्टराई, अतिथिहरू मनोज कुमार थापा,बेदनाथ कोइराला, प्रविण पौडेले शुभकामना मन्तव्य राख्नु भएको थियो । सम्पर्क मञ्चका कमल काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो।