काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय उपाध्यक्ष जयन्ती राईले तीज पर्वको महत्त्व परिस्कृत भएको दाबी गर्नु भएको छ।
शनिबार काठमाडौँको नयाँ बसपार्कस्थित सौगात पाटी प्यालेसमा गोरखा-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको तीज विशेष शुभकामना आदनप्रदान कार्यक्रममा उपाध्यक्ष राईले उक्त दाबी गर्नु भएको हो।
अनेमसंघकी अध्यक्षसमेत रहेकी राईले पूरानो तीज र आजको तीजमा भिन्नता आएको बताउँदै समाजवादी चरित्रको परम्परा निमार्ण गर्नुपर्नेमा जोड दिनु भएको छ।
उहाँले भन्नुभयो, ‘पहिले पहिलेको तीज महिलाका दुःख रोधनसँग सम्बन्धित थियो। माइती घर जान वर्षौं कुर्नुपथ्र्यो। आजको जस्तो सुख सयल थिएन । त्यस्तै आजको तीजले श्रीमानको खुट्टाको पानी खाने चलन हटाएको छ। आजको तीज परिस्कृत भएको छ। महिला-पुरूषबीचको सम्बन्ध सम्मानजन र समान प्रकृतिको हुनुपर्छ। आजको तीज त्यो बाटोमा गइरहेको छ। बरु यसका नाममा भित्रिन सक्ने भड्कीलो पन, अश्लीलतालाई निरुत्साहित गर्नुपर्छ। नेपाली महिलाहरूले एक आपसमा दुःख ,सुख, असफलता, असफलता बाढ्ने, परम्परालाई धान्ने तीज बनाउनुपर्छ।’
आशा केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीकी पोलिट्ब्युरो सदस्य दिलु पन्तले गोरखा-काठमाडौँ सम्पर्क मञ्च गठनको छोटो अवधिमा विभिन्न कार्यक्रमको आयोजना गरेर पार्टीको गरिमा बढाएकोमा मञ्चको प्रसंशा गर्नु भएको छ।
साथै उहाँले तीज महिलाहरूका लागि रमाउने, कमाउने र जमाउने अवस्थामा आइपु्गेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘तीजलाई रमाउने नाममा पूँजिवादलाई प्रसय दिने खालका काम हुनु हुँदैन। यतातिर ध्यान दिनुपर्छ। तीजको नाममा हुने तडक भडकलाई निरुत्साहित बनाउनुपर्छ।’
नेता पन्तले अगाडि भन्नुभयो, ‘तीज पर्वलाई महिला अधिकार र मानवअधिकारको आँखाबाट हेर्नुपर्छ। हिजोका दिनमा महिला अधिकारसँग जोडेर हामीले हेर्ने गरेको तीज अबका दिनमा मानवअधिकारसँग जोडेर हेर्नुपर्छ।’
कार्यक्रममा मञ्चका पदाधिकारीसहित पार्टीकी केन्द्रीय सदस्य तथा महिला संघकी सचिव पावर्ती बिसुङ्के, वागमती प्रदेश कमिटी सदस्य सर्मिला पन्त, जनसाँस्कृतिक महासंघ समाजवादीका महासचिव ऋषि अधिकारी, समाजवादी प्रेस संगठनकी सस्थापक उपमहासचिव उर्मिला कुँवर, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य विश्वज्योती बानियाँ, युवा संघकी नेता निता शर्मालगायतको उपस्थिति रहेको थियो।
![gorkha ktm 1694878662.jpg](https://kalamnews.com.np/uploads/posts/gorkha ktm 1694878662.jpg)
![gorkha 1694878661.jpg](https://kalamnews.com.np/uploads/posts/gorkha 1694878661.jpg)
![jayanti rai 1694878662.jpg](https://kalamnews.com.np/uploads/posts/jayanti rai 1694878662.jpg)
![dilu panta 1694878659.jpg](https://kalamnews.com.np/uploads/posts/dilu panta 1694878659.jpg)
![20230916_1426391694878657.jpg](https://kalamnews.com.np/uploads/posts/20230916_1426391694878657.jpg)
![20230916_1447271694878657.jpg](https://kalamnews.com.np/uploads/posts/20230916_1447271694878657.jpg)