हेटौंडा । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्ने बताउनु भयो ।
आइतबार समाजवादी मोर्चाले हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यसकारण पनि आफूहरुले समाजवादी मोर्चा बनाएका बताउनु भएको हो । हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौँ ।’सरकारलाई सदन र सडक तिनबटै मोर्चामा रहेर काम गर्ने उहाँको भनाई थियो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले सत्ताबाहेक मोर्चाको उद्देश्य छैन भन्नु गलत रहेको बताउँदै , ‘हामी मिसन समाजवादमा पुग्ने उद्देश्यमा थियौं । हाम्रो सिद्धान्त र आदर्श समाजवाद हो । सरकार, सडक र सदन तीनवटै मोर्चामा हामी हुनेछौँ ।’उहाँले बताउनुभयो ।
भ्रष्टाचारमुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने भन्दै अध्यक्ष नेपालले संविधानको पूर्ण कार्यान्वयनका लागि मोर्चाले काम गर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले देशालई समाजवादको दिशामा लिएर जानका लागि गणतन्त्रको प्रयोग गर्नुपर्ने भन्दै समाजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? भन्नेकुरा समाजवादी मोर्चाको उद्देश्यसँग जोडिएको बताउनु भयो । अध्यक्ष नेपालले राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो , ‘गणतन्त्रलाई हामीले समाजवादको दिशामा लिएर जानका लागि उपयोग गर्नुपर्ने आवश्यकता छ । ती काम गर्नका लागि समाजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? यी सबै कुराहरु हाम्रो उद्देश्यसँग जोडिएका छन् ।
यी तीन वटै उद्देश्य राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति हामी अघि बढ्नुपर्ने आवश्यकता छ । केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नो आफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।