पोल्याण्ड । नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च पोल्यान्डको अध्यक्षमा रमेश लामा चयन हुनुभएको छ । प्रवासमा आफ्नो सङ्गठनलाई पुनर्गठन गर्दै एकीकृत समाजवादीले लामाको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो ।
भेलाले पोल्याण्ड राष्ट्रिय कमिटीको उपाध्यक्षमा मीनबहादुर पाण्डे र राजेन्द्र पाण्डे (असिम), सचिव निष्कर्ष लामा, उपसचिवमा दिवस पञ्चकोटी र मोहन बिक्रम थापा तथा कोषाध्यक्षमा कर्मा लामालाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमशः पुर्णकुमार प्रधान, दलबिक्रम लावती, अमर बहादुर कार्की, सुरज पुन, सुरेन्द्र गुरुङ, कुमार तिम्सिना, सुनिल परियार, दुर्गाबहादुर मगर, जितबहादुर सुन्दास, अमृत गुरुङ ,अस्मित लिम्बु, दिव्या सुन्दास, अनिस पाठक, अशोक अधिकारी, कविता दर्नाल, सन्तोष श्रेष्ठ ,शंकर पाठक ,राज लिम्बु,इफ्तेखर मोहम्मद र रोमन विश्वकर्मा चयन हुनु भएको छ ।
भेलाले टंक कटुवाल संयोजक तथा शेरबहादुर परियार, मनविर लामा र सूर्य सुव्वा सदस्य रहेको सल्लाहकार समिति समेत निर्माण गरेको छ ।
रमेश लामाको अध्यक्षतामा भएको भेलालाई निश्कर्ष लामाले सञ्चालन गर्नुभएको थियो । प्रमुख अतिथि प्रवास कमिटीका प्रचार विभाग प्रमुख शेरबहादुर परियारले संगठनको भूमिका तथा दायित्वबारे प्रकाश पार्दै कमिटी निर्माणमा सहजीकरण गर्नुभएको थियो ।