काठमाडौं । सामाजिक सांस्कृतिक अध्ययन मञ्चको अध्यक्षमा न्हुच्छे बहाुदर धुकुछु निर्वाचित हुनु भएको छ । नेकपा एकीकृत समाजवादी अन्तर्गतको राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको जन संगठन सामाजिक सांस्कृतिक अध्ययन मञ्चको शनिबार काठमाडौंमा भएको भेलाले धुकुछुको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन भएको हो ।

मञ्चको महासचिवमा महेन्द्र भट्टराई, कोषाध्यक्ष इश्वरी नेपाल रहनु भएको छ । समितिका सदस्यहरूमा बालचन्द्र मिश्र, लेखनाथ सिकारू, शम्भु पोखरेल, सित्तल गिरी, कमलराज कंडेल, केशव कोईराला, डा. शंकर खतिवडा, सुुवर्ण घिमिरे ,डा. प्रदिपकुमार मैनाली, अमिता कुंवर सरोजदिलु विश्वकर्मा र विक्रम भट्टराई रहनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा मोर्चा फाँटका उपप्रमुख भविसोर पराजुली विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज उदय श्रेष्ठ, राष्ट्रिय जनसांस्कृतिक महासंघका संयोजक कृपाराम शर्मा सचिव ॠषि अधिकारी लगायत नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने धुकुछुले प्रतिवध्दता मन्तव्य राख्नु भएको थियो ।

सोही कार्यक्रममा नेपाली समाजको विकास क्रममा खस आर्यको मस्टो परम्परा विषयक विचार गोष्ठी समेत सम्पन्न भएको थियो । सामाजिक सांस्कृतिक अध्ययन मञ्चका सदस्य शित्तल गिरीले गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
मञ्चका सचिवालय सदस्य धुकुछुले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता मञ्चका संयोजक डा मिश्रले गर्नुभएको थियो भने संचालन मञ्चका सचिव सिकारूले गर्नुभएको थियो ।